मैत्रीपूर्ण भलिबलमा मुख्यमन्त्रीकाे टिम निजामति कर्मचारीसँग पराजित

समाधान संवाददाता २०७६ असोज १ गते १६:२९

समाधान संवाददाता

संविधान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले मैत्रीपूर्ण भलिबल आयोजना गरेको छ ।

शसस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपूर्ण भलिबलमा बुधबार ३ खेल भएका छन् । पहिलो खेलमा मुख्यमन्त्री टिम निजामति कर्मचारीहरुको टिमसँग २–१ सेटमा पराजित भएको छ ।

Advertisement

मुख्यमन्त्रीको टिमबाट आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली, सांसदहरु मोहन बस्नेत र मिनप्रसाद गुरुङ लगायत सहभागी थिए ।

निजामति कर्मचारीको तर्फबाट मुख्यमसचिव हरिप्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख बिनोद शर्मा घिमिरे मुख्यमन्त्री कार्यालयका उपसचिव डिल्लीराम सिग्देल लगायत सहभागी थिए ।

Advertisement

दोस्रो खेलमा पश्चिमाञ्चल खेलकूद संघले उद्योग बाणिज्य संघको टोलीलाई पराजित गरेको छ ।

२–० को सोझो सेटमा खेलकूद संघ विजयी भएको हो । तेस्रो खेल पत्रकार र कर्मचारीबीच भएको थियो । यो खेलमा पत्रकारको टोली २–० को सोझो सेटमा पराजित भयो ।

फाइनल खेल बिहीबार पश्चिमाञ्चल खेलकुद संघ र निजामति कर्मचारी टिमबीच हुनेछ । यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेफ्रीलाई भलिबल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । संविधान दिवसको अवसर पारेर प्रदेश सभाले विभिन्न कार्यक्रम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया