जहाँ खोज्यो त्यहीँ सिंहदरबार छः लालबाबु

समाधान संवाददाता २०७६ असोज ८ गते १३:११
kf]v/f, & c;f]h -/f;;_ M ;ª3Lo dfldnf tyf ;fdfGo k|zf;g dGqfno tyf :yfgLo ljsf; k|lzIf0f k|lti7fgåf/f d+unaf/ kf]v/fdf cfof]lht u08sL k|b]z :t/Lo cGt/tx ;dGjo tyf :yfgLo txsf] Ifdtf ljsf;;DaGwL cGt/lqmof sfo{qmddf af]Nb} ;+ª3Lo dfldnf tyf ;fdfGo k|zf;gdGqL nfnafa' kl08t . t:jL/ M xl/ af:tf]nf

समाधान संवाददाता
पोखरा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अहिले नेपालमा जहाँ खोज्यो त्यहीँ सिंहदरबार रहेको बताएका छन् । केन्द्रीकृत सिंहदरबारको अधिकारलाई बाँडफाँड ३ तहको सरकार बनाएपछि पनि धेरै उडाउने गरेको प्रसंग निकाल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् ।

‘गाउँमा सरकार छ, नगरमा सरकार छ, संघमा सरकार छ,’ पण्डितले भने, ‘अधिकार बाँडफाँडका हिसाबले फरक फरक जिम्मेवारी दिइए पनि हाम्रो लक्ष्य र उद्देश्य एउटै हो ।’

Advertisement

गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई पोखरामा डाकेर भएको क्षमता विकास सम्बन्धी कार्यक्रममा पण्डितले अन्तरसरकारबीचको समन्वयमा जोड दिए । आफ्नो अधिकार क्षेत्रभित्र समन्वय, सहकार्य र सहअस्तित्वसहित काम गर्दा कतै पनि समस्या नभएको उनको जोड दियो ।

‘प्रारम्भिक चरणमा काम गर्दा समस्या हुन्छ । तर, त्यो समस्या सधैं रहँदैन,’ पण्डितले भने । प्रदेश र संघ सरकारले योजना कार्यान्वयन गर्ने भूगोल स्थानीय तह भएको तर स्थानीय तहसँगै समन्वय नभएको गुनासो तियो । त्यसलाई सम्बोधन गर्दै मन्त्री पण्डितले ३ वटै सरकारको भूगोल एउटै भएकोमा जोड दिए ।

Advertisement

‘३ खुट्टा टेकेर गोलो बनाएपछि ओदान बन्छ । त्यसमाथि भाँडा राख्ने हो । त्यसैलाई उल्टो बनाइदियो भने र अलिकति भारी प¥यो भने ३ वटा तिनतिर हुन्छ । तिनको बाटो फरक हुन्छ,’ मन्त्री पण्डितले भने ‘त्यसै कारणले हाम्रो तीन सरकार भए पनि बाटो तीन तिर होइन ।’

संक्रमणकालीन अवस्थामा सीमित स्रोतहरुका बीच असिमित चाहानालाई सम्बोधन गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । तिनै तहको विकासका निम्ति अवरोध हुन नदिने मन्त्री पण्डितले प्रतिवद्धता जनाए । ‘तपाईंहरुले विधि र प्रक्रिया पु¥याइदिनुहोस् । कुनै अवरोध हुँदैन,’ पण्डितले भने ।

पहिलो आफ्नो स्रोत साधनलाई प्रयोग गरेर अगाडि बढ्यो भने आवश्यकता र प्राथमिकताका आधारमा लक्ष्य पूरा गर्ने उनको भनाइ थियो । ‘कहाँ के आवश्यकता त्यो यहाँहरुले तय गर्नुपर्‍यो,’ ‘प्रदेशमा सिफारिस गर्नुहोस् । संघले गर्नुपर्ने ठाउँमा गर्छ ।’

जनताले जुनसुकै प्रहार गर्न सक्छन्
तिनै सरकारका जनप्रतिधिहरुलाई अहिले जनताले कहाँनेर कमजोरी भेटिन्छ भनेर चिहाइचिहाई हेरिरहेका मन्त्री पण्डितले बताए । महाभारतमा अर्जुनले तिर हान्दा आँखामात्र देख्थे किन कि उनले आँखामै तिर हान्थे । त्यसरी नै जनताबाट राम्रो गरिरहेको छ कि नराम्रो चिहाइ चिहाइ हेरिराखेका छन्,’ उनले भने, ‘कहीँ सानो त्रुटी ग¥यो भने जुनसुकै बेला प्रहार गर्न छोड्दैनन् र त्यो प्रहारले हामीलाई कमजोर बनाउँछ ।’
जनप्रतिनिधि आँखाको नानी भएकाले कुनै पनि हालतमा सानोतिनो कमजोरीका कारण दण्डीत हुने स्थिति रहेको उनको भनाइ थियो ।

जनताको मोडलका रुपमा रहन जनप्रतिनिधिलाई उनको आग्रह थियो । विकास निर्माणदेखि जनतालाई दिने सेवाप्रवाहसम्म विचार गर्नुपर्ने उनको भनाइ छ ।

‘ठेकेदारको हालैहाल जनप्रतिनिधि र राष्ट्रसेवकको बेहालैबेहाल नहोस् । आफैंमाथि प्रहार हुने वातावरण सिर्जना नहोस्,’ मन्त्री पण्डितले भने, ‘विकास निर्माणको गुणस्तर हेर्ने जिम्मेवारी पनि यहाँहरुकै हो । चुनावमा पनि शीर ठाडो गरेर जवाफ दिन सक्ने गरी काम गरिदिनुप¥यो ।’ दबाबमा आएर केही निर्णय नगर्न उनले जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे । ‘कुनै गल्ती भए बाँचुञ्जेल खोजी भइरहन्छ,’ उनले भने ।

जनप्रतिनिधिलाई दिएको अधिकार भित्र रहेर काम गर्दा समस्या नहुने उनको भनाइ छ । ‘कर्मचारी र जनप्रतिनिधि मिल्नु पर्छ तर धेरै मिल्यो भने पनि राम्रो हुँदैन । पुरै निगरानी गरेर जानुपर्छ,’ उनको भनाइ थियो ।

गाइवस्तुलाई चर्न छाडेजस्तो कर्मचारीलाई नछाड्नुस्
नेपालमा राष्ट्रसेवक कर्मचारीमा सुविधा र अधिकार खोज्ने तर कर्तव्य नसक्झिने रोग रहेको मन्त्री पण्डितले बताए । एक दिनका निम्ति पनि काममा लगाउनु पर्‍यो भने जिन्दगी नै तपाईंले नै चलाइदिनुपर्‍यो भन्ने खालको कुरा आउने उनको भनाइ थियो ।

‘स्थानीय तहहरुबाट मेरो मन्त्रालयमा आएका कर्मचारीलाई सोध्छु बिदा लिएर आउनु भएको हो ?’ मन्त्री पण्डितले भने, ‘कति मेयरले भन्नुहुन्छ मेरा कर्मचारी हराए । अनि फेरि सोध्छु, बिदा दिएर पठाउनुहुन्छ कि हुँदैन ?’

गाइवस्तुलाई त्यतिकै जंगलतिर चर्न छाडेजस्तो नगर्न उनले जनप्रतिनिधिलाई आग्रह गरे । ‘महिनामा एकै दिन हाजिर गराउनुहुन्छ कि दिनदिनै ?’ मन्त्री पण्डितले भने, ‘गाइवस्तुलाई त्यतिकै जंगलतिर चर्न छाडेजस्तो गर्नुभएन । यो पाटोमा जनप्रतिनिधिलाई अधिकार छ ।’

प्रमुख प्रशासकीय अधिकृतले पनि मातहतका कर्मचारीको निगरानी गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले मन्त्रीहरुसँग कामको सम्झौता गरेजस्तै स्थानीय तहमा पनि गर्न उनले आग्रह गरे । ‘सचिवले सहसचिवसँग, सहसचिवले मातहतका कर्मचारीसँग पनि हस्ताक्षर गराएर काम गराउनुस्,’ पण्डितले भने, ‘काम परिणाममुखी बनाउन कागज गराउनुस् । जनप्रतिनिधिलाई त जनताले जवाफ दिन्छन् । कर्मचारीले कामले देखाउनुपर्छ ।’

कर्मचारीको चित्त बुझेको छैन भने र जागिरकै कारण समस्या आइरहेको छ भने विचार गर्न सक्ने उनको आशय थियो । ‘कर्मचारीको मन बुझेको छैन, चित्त बुझेको छैन । सेवा सुविधा भएन । मेरो पारिवारिक समस्या छ । सबै समस्याको जड जागिर हो भने जागिरबाट हटेपछि समस्यामुक्त भइन्छ ? कि यो देखाउने मेलो हो ?’ मन्त्री पण्डितले प्रश्न गरे ।

कतिपयमा १५ मिनेट ढिलो कार्यालय आउने, ग्रेस टाइम पूरा भएपछि कार्यालयबाट जाने काम भइरहेको उनको भनाइ थियो । विशिष्ट अधिकार खोज्दा परिणाम पनि विशिष्ट हुनुपर्ने मन्त्री पण्डितले बताए ।

‘अधिकारको कुरा गर्दा कुनै पनि हालतमा कर्तव्य बिर्सनुहुँदैन । मन्त्रीले, सचिवले कर्तव्य बिर्सिए के हुन्छ ?,’ उनको प्रश्न थियो, ‘अनिवार्य रुपमा जिम्मेवारी लिएपछि पूरा गर्नैपर्छ । बहानाबाजी चल्दैन ।’

सेवा दिने ठाउँमा दिइएन भने लिने ठाउँमा पनि नपाइने उनको भनाइ थियो । हिजोको धङधङी छोडेर समृद्ध नेपाल बनाउनतिर लाग्न मन्त्री पण्डितले आग्रह गरे ।

तपाईको प्रतिक्रिया