प्रहरीलाई झुक्याउने नारायण पक्राउ

समाधान संवाददाता २०७६ असोज ८ गते १३:५४

समाधान संवाददाता
पोखरा

पोखरा ११ फूलबारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीलाई आफू अपहरणमा परेको भन्दै प्रहरीलाई झुक्याएका कारण पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

असोज ४ गते पौडेलले आफू अपहरणमा परेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले पौडेलको सूचनाका आधारमा अपहरणकारीको खोजतलास तथा पौडेलको उद्धारका लागि तत्काल प्रहरी परिचालन गरेको थियो । ५ गते पौडेल रुपन्देही जिल्ला गई आफूलाई पोखराबाट अपहरण गरी अपहरणकारीले भारततर्फ बोलाएको भनी रुपन्देही प्रहरीलाई बताएका थिए ।

Advertisement

पौडेललाई आफन्तको जिम्मा लगाई पठाउन जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही प्रहरीलाई आग्रह गर्‍यो । कास्की आइपुगेका पौडेलमाथि नै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । प्रहरीको अनुसन्धानमा कसैले अपहरण गरेको नभई लेनदेनको विषयलाई लिएर आफ्नो विपक्षीलाई फसाउन अपहरणको नाटक गरेको खुल्न आएको केसीले बताए । प्रहरीलाई झुक्याएको खुलेपछि नारायणप्रसाद पौडेललाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको केसीको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया