बैंक सिस्टम ह्याक गर्ने १२ जना पक्राउ

समाधान संवाददाता २०७६ असोज ९ गते १२:४०

समाधान संवाददाता
काठमाडौं

कृषि विकास बैंकबाट ह्याक गरेर पौने ५ करोड रुपैयाँ लुटपाट गर्ने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरेर ती अभियुक्तहरूलाइ सार्वजनिक गरेको हो । प्रहरीले कृषि विकास बैंक लुटमा काले भन्ने पिटर नामका विदेशी नागरिक संलग्न भएको जनाएको छ ।

उनले भारतको मुम्बईमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको पनि प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको भेटिएको छ । पिटरले नेपाली बैंकबाट करिब ५ अर्ब रुपैयाँ ह्याक गर्ने योजना बनाएको पनि प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा रसुवाकी लक्ष्मी लामा तामाङ, नुवाकोटका लवाङ तामाङ, रसुवाकी निर्मला तामाङ, निमा तामाङ, काठमाडौं काभ्रेस्थलका सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, जमजुङका विद्या सागर लामिछाने छन् ।

Advertisement

त्यसैगरी तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भई हाल काठमाडौं टेबहाल बस्ने शुबकन्दर पन्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरुबाट ४० लाख ५० हजार बरामद भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया