घरपझोङकी मेलिना बनिन् मिस मुस्ताङ

समाधान संवाददाता २०७६ असोज ९ गते १२:५२

तस्बिरः आदित्य रसाइली

एसके थकाली
जोमसोम

मुस्ताङको जोमसोममा भएको मुस्ताङ सुन्दरी प्रतियोगितामा मेलिना थकालीले उपाधि हात पारेकी छन् । थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको मुस्ताङ सुन्दरी प्रतियोगिता अन्तर्गत मंगलबार भएको ग्रान्ड फेनालीमा ४ प्रतिस्पर्धीलाई उछिन्दै घरपझोङ गाउँपालिका ३ स्याङकी मेलिना थकाली मुस्ताङ सुन्दरी घोषित भएकी हुन् ।

Advertisement

यस्तै, मिस मुस्ताङको फस्ट रनरअफमा जनहित क्लब जोमसोमकी एलिना गुरुङ र सेकेन्ड रनरअप अन्नपूर्ण युवा क्लब ताक्लुङकी मनिषा हिराचन भएकी छिन् । आइतबार र सोमबार भएको मुस्ताङ सुन्दरी अडिसनको प्रस्तुति मूल्यांकन गर्दै उनलाई निर्णायकहरु अंकिता शेरचन र टशी गुरुङले मुस्ताङ सुन्दरी घोषणा गरेका हुन् ।

मुस्ताङको थाकखोलामा अवस्थित कुल ८ वटा गाउँका युवा क्लबमा आवद्ध मुस्ताङ सुन्दरीले प्रतियोगितामा सहभागी जनाएका हुन् । गत शनिबार र आइतबार मुस्ताङ सुन्दरीको अडिसन भएको हो ।

Advertisement

हिँडाइ, बोलाइ र शारीरिक हाउभाउ लगायत शीर्षकमा १ सय पूर्णांक राखेर मूल्यांकन गरिएको थियो । यस्तै दोस्रो दिनको प्रस्तुतिमा गोलाप्रथाद्वारा मिस मुस्ताङ सुन्दरी प्रतियोगीलाई विभिन्न प्रश्नको उत्तर दिन लगाइएको थियो । पहिलो दिनको प्रस्तुतिलाई मूल्यांकन गरी कुल ८ मध्ये ५ सुन्दरीलाई ग्रान्ड फेनालीमा चयन गरिएको निर्णायक अंकिता शेरचनले बताइन् ।

अन्तिम राउन्डको मुस्ताङ अडिसनमा घोषित मुस्ताङ सुन्दरी मेलिना थकालीलाई महिला सशक्तीकरणका विषयमा मन्तव्य दिन लगाइएको थियो । थकालीले महिला हकअधिकारको संरक्षण र समृद्ध गर्ने स्रोत नै महिला सशक्तीकरण हो भन्ने तार्किक उत्तर दिएकी थिइन् । उनले महिलालाई घरको चौघेरोमा राख्ने विद्यमान प्रवृत्ति अन्त्य गर्दै शिक्षा र स्वास्थ्य लगायतमा महिलालाई पनि समान अवसर हुनुपर्ने धारणा राखेकी थिइन् । आफू मुस्ताङ सुन्दरी भएपछि समाजका कुसंस्कार कुरीति र अन्धविश्वासको अन्त्य गर्न र महिला उत्थानका लागि लड्न प्रतिबद्धतासमेत जनाएकी थिइन् ।

यसअघि मुस्ताङ सुन्दरीको ग्रान्ड फेनाली अडिसनमा टुकुचेकी एलिसा तामाङ, मनिषा हिराचन ताक्लुङ, एलिना गुरुङ जोमसोम, शान्ता केसी कोवाङ र मेलिना थकाली स्याङ, मुस्ताङ सुन्दरीका लागि आमनेसामने भएका थिए । मुस्ताङ सुन्दरी मेलिना थकालीलाई यसअघिकी मुस्ताङ सुन्दरी अपेक्षा थकालीलाई मिस मुस्ताङको ताज पहिराइदिएकी थिइन् ।

फस्ट रनर अप जनहित क्लब जोमसोमकी एलिना गुरुङ र सेकेन्ड रनरअफ अन्नपूर्ण युवा क्लबकी मनिषा हिराचन भइन् ।

तपाईको प्रतिक्रिया