पब डान्सिङ बोटमा वार्षिकोत्सव छुट

लेकसाइडको हल्लनचोकमा अवस्थित पब डान्सिङ बोटले स्थापनाको पहिलो वर्ष पूरा गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी विभिन्न खानाका परिकार एवं पेय पदार्थको साथमा दैनिक लाइभ म्युजिकसँगै पारिवारिक वातावरणमा सेवा दिँदै आएको पबले वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
वार्षिकोत्सवका अवसरमा पबले शुक्रबार पोखरा वृद्धाश्रम र सिद्धार्थचोकको शिशु स्याहार केन्द्रका बालबालिकालाई खाना खुवाउने भएको छ । साँझ नेपाल आइडल सिजन दुईका उपविजेता पोखरेली गायक विक्रम बराल र उनको ब्यान्ड द अडिओ फार्मको सांगीतिक प्रस्तृति हुने पबले जनाएको छ ।
११ गते शनिबार साँझ पबमा पुराना गायक सञ्जय श्रेष्ठ र उनको ब्यान्डको प्रस्तुति रहने भएको छ । दोस्रो वर्षमा प्रवेशको उपलक्ष्यमा पबमा ग्राहकलाई सेप्टेम्बर महिनाको अन्त्यसम्म मेनुमा १५ प्रतिशत छुट, उपहार भौचर तथा लक्की ड्र का कार्यक्रम पनि सञ्चालन भइरहेको पबका प्रबन्ध निर्देशक भीष्म पौडेलले जनाएका छन् ।
वेदप्रसाद बराल, विश्वराज पौडेल, भीष्मराज पौडेल पौडेल, मीनराज पौडेल र दामोदर पौडेलको संयुक्त लगानी उक्त पब सञ्चालनमा आएको हो । पबले फेवाताल र यस वरपरको वातावरणलाई पबमा प्रतिबिम्बित गरेको छ ।
तपाईको प्रतिक्रिया