नयाँ बाइक ल्याउँदै यामाहा

समाधान संवाददाता २०७६ असोज १० गते १५:०६

समाधान संवाददाता
पोखरा

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी १५ द डार्क वारियर बाइक बजारमा ल्याउँदै छ । यामाहाले बहुप्रतीक्षित यो मोटरसाइकल शुक्रबार साँझ पोखराको लेकसाइडस्थित द ट्रेजर लाउन्समा भव्य समारोहबीच सार्वजनिक गर्ने जनाएको छ ।

यसमा लिक्विड कुल्ड, ४ स्ट्रोक, एस ओ एच सी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन छ । १ सय ५५ सिसीको फ्युल इन्जेक्टेड इन्जिन भएको यो मोटरसाइकलमा भेरिएबल भल्भ एक्च्युएसन र असिस्ट एन्ड स्लिपर क्लच जस्ता अत्याधुनिक प्रविधि प्रयोग भएको छ । एमटीको पूर्ण रुप मास्टर अफ टर्क हो । एमटी सिरिजका यामाहा मोटरसाइकल शक्ति र फूर्तिलोपनका लागि प्रसिद्ध छन् ।

Advertisement

हाइपर नेकेड प्लेटफर्ममा बनेको नयाँ एमटी १५ मा प्रयोग भएको फयुल इन्जेक्टेड इन्जिनले १० हजार आरपीएममा अधिकतम १९.३ पिएस शक्ति र ८ हजार ५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । यो एजाइल एसिलेरेसन, एजाइल ह्यान्डलिङ र एड्भान्सड डिजाइनको उत्कृष्ट नमुना भएको कम्पनीको दाबी छ । पोखरेली मोटरसाइकलप्रेमीले यसलाई रुचाउने अपेक्षा यामाहाले लिएको छ ।

यसको भिभिएले कम र मध्यम आरपिएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । एमटी १५ मा १ सय ४० एमएमको रियर टायर र २ सय ८२ एमएमको सिंगल च्यानल एबिएसहितको फ्रन्ट डिस्क छ । जसले ब्रेकिङलाई सटिक र सुरक्षित बनाइदिन्छ । यसमा प्रयोग भएको सानो देखिने बाइ फंक्सनल हेडलाइट, भर्टिकल टेललाइसहितको छोटो टेल र अन्य ‘ग्राफिक्स’ तथा फिनिसले एमटीको एग्रेसिभ स्टाइललाई झल्काउँछ ।

Advertisement

नेपालमा यसको मूल्य ४ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मेटालिक ब्ल्याक र डार्क म्याट ब्लु गरी २ रङमा बजारमा उपलब्ध हुनेछ ।

तपाईको प्रतिक्रिया