जाेमसाेममा लडेर १३ च्यांग्रा मरे, २२ घाइते

समाधान संवाददाता २०७६ असोज १० गते १५:२५

समाधान संवाददाता, जोमसोम

बडादसैंका लागि जोमसोमतर्फ झारिएका १३ वटा च्यांग्रा मंगलबार साँझ भीरबाट लडेर मरेका छन् । २२ वटा च्यांग्रा घाइते भएका छन् ।

लोकेघर दामोदरकुण्ड गाउँपालिका ४ घारबाट जोमसोम ल्याउने क्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पान्डाखोला नजिककै भीरबाट लडेर च्यांग्रा मरेको गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले बताए ।

Advertisement

सांसद विष्टका अनुसार व्यापारीका करिब २ सय ४० वटा च्यांग्रा ल्याइँदै थिए । च्यांग्रा लडेर मर्दा करिब ४ लाख बराबरको क्षति भएको उनले बताए । च्यांग्रा मरेपछि व्यापारीले राहत उपलब्ध गराइदिनसमेत माग गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया