साझा कास्की विस्तार

समाधान संवाददाता २०७६ असोज ११ गते १६:१९

साझा पार्टी कास्कीको जिल्ला समिति विस्तार भएको छ । केही दिन अगाडि कास्कीको जिल्ला संयोजकका रुपमा पार्टीले अर्जुन खनाललाई नियुक्त गरेसँगै जिल्ला समिति निर्माण थालनी भएको थियो ।

आफू संयोजक भैसकेपछि खनालले पहिलो कामको रुपमा जिल्ला कार्यसमितिको विस्तार गरेका हुन् । पहिलो चरणमा १३ सदस्यीय कार्यसमिति निर्माण गरिएको जिल्ला संयोजक खनालले जानकारी दिए । जिल्ला समितिमा लीलाधर लामिछाने, तिलक खत्री, अशोक खड्का, अरुण पौडेल, विश्वराज पौडेल, फडिन्द्रमोहन कँडेल, एकराज न्यौपाने, फडिन्द्र अधिकारी, इन्दिरा आचार्य, नारायणी कोइराला, दिलीप न्यौपाने र कृष्ण पोखरेल पहिलो चरणमा सदस्य नियुक्त भएको पार्टीले जनाएको छ । जिल्ला समिति अन्तर्गत पार्टीको महानगर संयोजक मनकाजी गुरुङ पदेन सदस्य छन ।

Advertisement

जिल्ला संयोजक खनालले समिति चरणबद्ध रुपमा विस्तार हुने बताए । विधान अनुसार जिल्ला समिति ४५ सदस्यीय बनाउन मिल्छ । मंसिरमा हुने उपनिर्वाचनलाई लक्षित गर्दै साझा पार्टीले वडास्तरीय कमिटी निर्माणलाई पनि गति दिने जनाएको छ ।

पार्टीले जिल्ला स्तरमा उपनिर्वाचनका लागि उम्मेदवार आवेदन आह्वानसमेत गरेको छ । उपनिर्वाचनमा उम्मेदवारी दिन चाहनेले पार्टीको कार्यालयमा कारणसहित आवेदन बुझाउनुपर्ने नियम बनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया