जोमसोम महिला समुहको अध्यक्षमा नानीमैयाँ

समाधान संवाददाता २०७६ असोज १२ गते १२:२३

एसके थकाली, जोमसोम

जोमसोम महिला समुहको २५औं साधारण सभा तथा १५ औं अधिवेशनले आगामी २ वर्षिय कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । समुहको शनिबार भएको बन्द शत्रमा जनहित मावि जोमसोमकी पूर्व शिक्षिका नानीमैया थकालीको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति गठन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा शषिदेवी गुरुङ ,सचिवमा माया गुरुङ ,सहसचिव बसन्ती शेरचन ,कोषाध्यक्षमा रजिना भट्टचन सर्वसम्मत चयन भए । यस्तै , सदस्यमा यमकुमारी तुलाचन , नानी गुरुङ ,सरीता नेपाली ,कुन्साङ ढिकी गुरुङ , कर्म याङजिङ गुरुङ ,सत्तल शेरचन , दक्षिणा नेपाली , पेमा याङ्टे गुरुङ ,पूजा बिक ,ल्हमो गुरुङ , ल्हाक्जुम गुरुङ र सतकुमारी नेपाली छन् ।

Advertisement

नयाँ गठित कार्यसमितिलाई जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ , समुहकी पूर्व अध्यक्ष सुर्जनी श्रेष्ठ शेरचन लगायतले अविर र खादाँले सम्मान गरे । कार्यसमिति नेतृत्व ग्रहण गर्दै अध्यक्ष नानीमैयाँ थकालीले संस्थाको हितका लागि आफ्नो प्रयास रहने जनाईन् । उनले व्यक्ति भन्दा संस्था माथि भएकाले सामुहिक प्रयासले संस्था दिगो हुने जनाईन् । यसअघि भएको समुहको २५ औं साधारण सभा तथा १५ औं अधिवेशनको जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले उद्घाटन गरिन् ।

जोमसोममा बस्ने सबै जनजाती सम्मिलित महिलाहरुको सामुहिक सामाजिक विकासको खुलेर प्रंशसा गर्दै प्रमुख गुरुङले एकता र सहकार्यले मात्रै समाजलाई अग्रगामी दिशा तर्फ उन्मुख गर्ने जनाईन् । उनले जोमसोम महिला समुह सामाजिक विकास तथा महिला उत्थानका लागि उदाहरणीय संस्था बन्न सकेको र यसको अन्य गाउका महिला संस्थाहरुले अनुशरण गर्न सुझाव दिईन् । पूर्व सभासद चन्द्रबहादुर गुरुङले महिला एकतालेनै सामाजिक विकासमा टेवा पुग्ने बताए । उनले जोमसोमका जागरुक महिलाहरुको पहलले नै जोमसोमको सामाजिक सुशासन कायम रहेको जनाए ।

Advertisement

संस्थाले सक्रियताले पूर्ण आत्म निर्भर बन्न सकेको उल्लेख गर्दै अझै प्रगति उन्मुख बन्न सुभकामना दिए । कार्यक्रममा घरपझोङ गाउपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङ , वडाअध्यक्ष यमप्रसाद थकाली र सदस्य भवन शेरचनले बोलेका थिए । समुहले आर्थिक तथा जिन्सी सहयोगदाता , संस्थाका सल्लाहाकार ,निर्वाचन कमिटी र नया आजिवन सदस्यहरुलाई प्रमाणपत्र र खादा लगाई सम्मान गर्‍यो । उद्घाटन समारोहमा संस्थाकी सचिव रिमा गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

पूर्व अध्यक्ष सुर्जनी श्रेष्ठ शेरचनको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन संस्थाकी पूर्व उपाध्यक्ष रजनी शेरचनले गरेकी थिईन् । २०५१ सालमा जिल्ला प्रशासन कार्यालयमा विधिवत गठन भएको जोमसोम महिला समुहले महिला सशक्तिकरण तथा सामाजिककार्य गर्दैआईरहेको संस्थाले जनाएको छ । महिलाअधिकार ,महिला साक्षरता ,सामाजिक विकास ,पर्यावरण ,कृषि ,पर्यटन ,लघु उद्यम कर्जा प्रवाह लगायत सामाजिक कार्यहरुमा उपस्थिती दर्शाउदै आईरहेको जोमसोम महिला समुहले आफैमा स्वायत्त संस्था हो ।

सामाजिक विकासका लागि गठन भएका धेरै संस्थाहरु आर्थिक अभावमा पलायन हुदै गरेको अवस्थामा यस समुहले आफैमा आत्म निर्भर रहदै आएको समुहले जनायो । संस्थामा विवाहित तथा १८ वर्ष नाघेका अबिवाहित महिलाहरु आवद्ध छन् ।

तपाईको प्रतिक्रिया