मनास्लु आरोहणमा गएकी पोल्याण्डकी नागरिकको मृत्यु

समाधान संवाददाता २०७६ असोज १२ गते १२:५७

समाधान संवाददाता, काठमाडाैं

गोरखाको मनास्लु हिमाल (८,१६३ मिटर) आरोहणमा गएकी एक विदेशी आरोहीको मृत्यु भएको छ।

पोल्याण्डकी ६०८६७०४ नम्बरको राहदानीवाहक ५० वर्षीया रीता डोनेटा ब्लाङ्य (rita donata bladyako) को तेस्रो आधार शिविरमा शनिबार मृत्यु भएको हो।

Advertisement

उनी सेभेन समिट ट्रेक्स प्रालिबाट मनास्लु आरोहणमा गएकी थिइन्। तेस्रो समिटबाट शिखरतर्फ जाँदै गर्दा बिरामी परेकी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया