आज सबै सरकारी कार्यालय बिदा

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश सरकारले पुस १५ मा ल्होसारको बिदा दियो । तर, संघीय सरकार अन्तर्गतका कार्यालय खुले । गण्डकी प्रदेश सरकारले माघे संक्रान्तिमा दोस्रो बिदा दियो । प्रदेश मातहतबाहेकका कार्यालय माघे संक्रान्तिमा बन्द भए, संघीय कार्यालयहरु खुलै रहे ।
फागुन ४ गते प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले दिएको तेस्रो बिदा पनि संघीय सरकारले मानेन । प्रदेश मातहतबाहेक अन्य कार्यालयलाई बिदा गर्ने निर्देशन नरहेको बताउँदै संघीय सरकारका कार्यालय सञ्चालन भए ।
आइतबार प्रदेश सरकारले घटस्थापनाको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ । यस पटक भने संघीय र प्रदेश मातहतका कार्यालयले बिदा मनाउने भएका छन् । यसअघि न्यायालय बाहेकका संघ मातहतका कार्यालय र बैंकले बिदा मनाएका थिएनन् । घटस्थापनाका अवसरमा भने जिल्लाका सबै सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्था लगायत सबै बन्द हुने भएका छन् ।
प्रदेश सरकारको बिदा दिन ११ वटै जिल्ला प्रशासन कार्यालयले सर्कुलर जारी गरेका छन् भने राष्ट्र बैंकको निर्देशन अनुसार सबै बैंकिङ कार्यालय पनि बन्द हुने भएका छन् । राष्ट्रियबाहेक प्रदेशले ६ दिन बिदा दिन सक्ने संघीय सरकारले अधिकार दिएको छ । सोही अधिकारलाई उपयोग गर्दै सरकारले दिएको यो चौंथोे बिदा हो ।
वैशाख ३० गते प्रदेशले दिने ६ दिनको बिदामा पनि सबै कार्यालयले बिदा मनाउन सक्ने गरी राजपत्रमा प्रकाशित गरेको थियो । त्यसै अनुसार प्रदेशले दिएको घटस्थापनाको बिदा सबै कार्यालयले मनाउने भएका हुन् । ‘संघीय सरकारले नै राजपत्रमा प्रकाशित गरेर बिदा दिनसक्ने बनाएपछि सबै कार्यालय बन्द हुने भएका हुन्,’ कास्कीका सिडिओ रमेशकुमार केसीले भने ।








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया