फेवातालबाट २० ट्रक जलकुम्भी निकालियो

समाधान संवाददाता २०७६ असोज १२ गते १३:५०

समाधान संवाददाता
पोखरा

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल जलकुम्भी झारले ढाकिएपछि त्यसलाई हटाउन महानगरले अभियान सञ्चालन गरेको छ । भदौ अन्तिम साता आएको बाढीले बगाएर ल्याएको जलकुम्भी झारले फेवाताल पूरै ढाकेपछि कुरुप भएको थियो । ताल जलकुम्भी झारले ढाकेपछि आन्तरीक तथा बाह्य पर्यटकलाई ढुंगामा सयर गर्न समस्या भएको थियो ।

पोखरा महागरभित्र पर्ने फेवाताल जलकुम्भीमय भएपछि महानगरले झार व्यवस्थापन गर्न समिति नै गठन गरेर अभियान सञ्चालन गरेको छ । असोज ८ गतेदेखि महानगरले १ साताको कार्ययोजना बनाएर जलकुम्भी झार हटाउने अभियान सञ्चालन गरेको छ ।

Advertisement

महागनरले सञ्चालन गरेको अभियानमा जनप्रतिनिधि, कर्मचारी, आमा समूह, लायन्स क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, डुंगा व्यवसायी र जलारी समुदाय जलकुम्भी झार फेवातालबाट निकाल्न जुटेका छन् । अभियान सञ्चालन गरेको अभियानमा फेवातालबाट २० ट्रक जलकुम्भी झार निकालिएको महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । जलकुम्भी झार निकाल्नका लागि पोखरा महानगरपालिकाले सबै पोखरेली संघ, संस्थालाई सहयोग गर्न आग्रह गरेको छ ।

जलकुम्भी झार हटाउन हरेक दिन बिहान ७ देखि ९ बजेसम्म अभियान सञ्चालन भएको छ । दैनिक फेवातालबाट झार निकाल्न ३ सय मानिस जुटेको जलकुम्भी झार व्यवस्थापन समिति अध्यक्ष पुण्यप्रसाद पौडेलले बताए ।

Advertisement

फेवाताल जलकुम्भी झारमय भएपछि महानगरले पुण्य पौडेलको अध्यक्षतामा १३ सदस्यीय झार व्यवस्थापन समिति गठन गरेको थियो । सोही समितिले विभिन्न संघ, संस्थासँग समन्वय गरेर दैनिक कार्ययोजना बनाएर झार निकाल्ने अभियान सञ्चालन गरिरहेको छ । फेवातालको बाराही घाटबाट सुरु भएको अभियान शनिबार हल्लनोक क्षेत्रमा पुगेको छ । अझै केही दिन जलकुम्भी झार फाल्ने अभियान सञ्चालन हुने र उक्त अभियानमा सहभागी हुन सबैलाई पोखरा महागनरपालिकाले आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया