पब डान्सिङ बोटद्वारा शिशु स्याहार केन्द्र र वृद्धाश्रममा भोजन दान

समाधान संवाददाता २०७६ असोज १२ गते १४:३२

समाधान संवाददाता, पोखरा

पब डान्सिङ बोट लेकसाइडले दोस्रो वर्ष प्रवेशको अवसरमा पोखरा १७ महतगौंडास्थित पोखरा वृद्धाश्रममा भोजन दान गरेको छ । ५५ जना ज्येष्ठ नागरिकलाई डान्सिङ बोटले भोजन गराएको प्रबन्ध निर्देशक भीष्मराज पौडेलले जानकारी दिए ।

बोटले सिद्धार्थ चोकस्थित शिशु स्याहार केन्द्रका ५० जना सुस्त मनस्थितिका बालबालिकालाई संस्कृति र पबभित्र हुने वातावरणको अनुभूति दिलाउने उद्देश्यले पब परिसरमा खाना, नास्ता, जुस र कोल्ड ड्रिङक्सको व्यवस्था गरेको थियो ।

Advertisement

संस्थाले समाजमा रहेका वृद्ध र सुस्त मनस्थितिका बालबालिकालाई प्रत्यक्ष पबमा ल्याउँदा खुसीले आर्शिवाद दिएको जनाएको छ । संस्थाले आगामी दिनमा रचनात्मक सामाजिक कार्यलाई निरन्तरता दिने उल्लेख गरेको छ ।

पोखरा र यस क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी पबले विभिन्न खानाका परिकार एवं पेय पदार्थको उत्कृस्ट स्वादसँगै लाइभ म्युजिकमा ग्राहकलाई सेवा दिँदै अएको छ ।

Advertisement

डान्सिङ बोटले सेप्टेम्बरको अन्त्यसम्म मेनुमा १५ प्रतिशत छुट दिने निर्णय गरेको कर्पोरेट मेनेजर लेखनाथ पहारीले जानकारी दिए । पब डान्सिङ बोटले नेपाल आइडल सिजन २ का उपविजेता गायक बिक्रम बराल र उनको ब्यान्डको सांगीतिक प्रस्तुति शुक्रबार रहने जनाएको छ ।

पारिवारिक वातावरणमा उपभोक्तालाई सेवा प्रदान गर्ने अवधारणामा सुरु भएको पबमा बेदप्रसाद बराल, विश्वराज पौडेल, भिष्मराज पौडेल, मीनराज पौडेल र दामोदर पौडेलको संयुक्त लगानीमा सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया