मिस एण्ड मिसेस् फिटनेसको ताज बिमलालाई

समाधान संवाददाता २०७६ असोज १२ गते १४:५४

समाधान संवाददाता, पाेखरा

पोखरामा सम्पन्न तेस्रो संस्करणको मिस एण्ड मिसेस फिटनेसको ताज पोखराकी बिमला शेरचनले जितेकी छन् ।

सेप अप जुम्बाको आयोजनामा पोखरा ग्राण्डमा शुक्रबार स्म्पन्न ग्राण्ड फिनालेबाट देशभरका १२ प्रतिष्पर्धीलाई पछि पार्दै शेरचनले ताज पहिरिएकी हुन् ।

Advertisement

उनले उपाधिसँगै उनले विदेश भ्रमणको अवसर र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् भने फस्ट रनरअप बनेकी सबिना पुन पुरस्कृत बनिन् ।

प्रतियोगिताबाट लक्ष्मी गुरुङ सेकेन्ड रनर अप को हकदार बनिन् । त्यस्तै भ्युअर्स च्वाइसको उपाधि सन्तोषी कुँवरले जितिन् ।

Advertisement

प्रतियोगितामा पम्फा गुरुङ, कौशल्या गुरुङ, निलिमा हिराचन, प्रतिमा गुरुङ, बिश्व ज्योति गुरुङ र आशिष पुरीले निर्णायक भुमिका निर्वाह गरेको सेप अप जुम्बाका प्रबन्धक निर्देशक रितु थापामगरले बताईन् ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै साैन्दर्य प्रतियोगिताले महिला जागरणमा भुमिका खेल्ने बताए ।

उनले सो प्रकारको प्रतियोगिता निरन्तर हुन आवश्यक रहेको बताउदै महिला सशक्तिकरणलो लागि महत्वपूर्ण हुने समेत बताएका थिए ।

तपाईको प्रतिक्रिया