धादिङमा बस पल्टिदाँ ५ घाइते

समाधान संवाददाता २०७६ असोज १२ गते १५:०१

समाधान संवाददाता, धादिङ

धादिङको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेंसीका लागि  छुटेको बस आइतबार बिहान ८:३० बजेतिर नीलकण्ठ नगरपालिका वडा नम्बर १३ केराम्जामा पल्टिएर दुर्घटना हुँदा बसमा सवार पाँच जना घाइते भएका छन् ।

बस अत्यधिक गतिमा रहेको अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको घाइतेहरूले बताएका छन् । 

दुर्घटनामा परी धादिङको नेत्रावती डबजोङ ५ का ५८ वर्षीय दल बहादुर तामाङ र सोही ठाउँ बस्ने ६९ वर्षीया हस्त कुमारी तामाङ गम्भीर घाइते भएका छन् ।

यसैगरी सोही स्थानकी २० वर्षीया लक्ष्मी गुरुङ, ४५ वर्षका चेन्डे दमाई ६० वर्षकी शान्तमाया गुरुङ घाइते भएका छन् ।

घाइतेहरू सबैको उद्धार गरी जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

बसका चालक र सहचालक दुर्घटना पछि  फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तपाईको प्रतिक्रिया