नौलो घुम्ती नेपालको सभा सम्पन्न

समाधान संवाददाता २०७६ असोज १५ गते १३:४१

समाधान संवाददाता, पोखरा

नौलो घुम्ती नेपालको १८ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण मंगलबार सम्पन्न भएको छ । कार्यक्रमको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले उद्घाटन गरे । उनले संस्थाले सामाजिक तथा सामुदायिक विकासका विविध क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि संस्थाका विविध कार्यक्रमहरुको निरन्तरताको शुभकामना व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले संस्थाले लागुपदार्थ तथा एचआईभी एड्स रोकथामका निम्ति प्रभावकारी कार्य गरेको बताए । लागु पदार्थ बेचबिखन रोकथाम तथा देशमा शान्ति सुरक्षा कायमका निम्ति नागरिक समाज र सामाजिक संघ संस्थाहरुको अहम् भूमिका रहने धारणा उनले राखे ।

Advertisement

कार्यक्रममा संस्थामा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरु कार्यकारी निर्देशक रामशरण सेढाईँ र कार्यक्रम संयोजक ओम कृष्ण गुरुङलाई प्रमुख अतिथिद्वारा प्रशंसा पत्रप्रदानका साथै सामाजिक विकासका विभिन्न क्षेत्रमा अनुकरणीय कार्य गरी राष्ट्रियस्तरमा सम्मानित भई संस्थाको गरिमा बढाएकोमा संस्थाका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, सल्लाहकार मेजर दिलबहादुर गुरुङ, महासचिव वद्रिविनोद प्रतिकलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पुर्व अध्यक्ष पदमराज पहारी, पश्चिम क्षेत्र एचआईभी एड्स संजालका संयोजक विश्वमोहन गौचन, सल्लाहकार ईन्दिरा बरालले शुभकामना मन्तव्य राखेका थिए । सुशासनका लागि नागरिक समाजका पुर्व अध्यक्ष तथा पत्रकार पुण्य पौडेलले संस्थाको सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Advertisement

संस्थाका अध्यक्ष खड्गबहादुर रानाभाटले वार्षिक प्रतिवेदन र महासचिव बद्रीविनोद प्रतिकले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मंगल नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष खड्गबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष योगराज पौडेलले, सचिव मिना गुरुङले कार्यक्रम संचालन र दोस्रो सत्रको कार्यक्रम समापन द्वितीय उपाध्यक्ष सुरेन्द्र थापामगरले गरेका थिए ।

तपाईको प्रतिक्रिया