करेन्ट लागेर धन बहादुरकाे मृत्यु
समाधान संवाददाता
२०७६ असोज १५ गते १६:३४

समाधान संवाददाता, गाेरखा
आरुघाट गाउँपालिका-९ बगैंचा बस्ने ३६ वर्षीया धन बहादुरकाे बुधबार करेन्ट लागेर मृत्यु भएकाे छ ।
गुरुङ आफ्नो घरमा बुद्ध धर्मावलम्बीको झण्डा फेर्नको लागि फलामको पोलमा झण्डा फेरी गाड्ने क्रममा बिजुलीको नाङ्गो तारमा छुन जाँदा करेण्ट लागि घाइते भएका थिए ।
उनलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटे आरुघाटमा ल्याईएकाे र चेकजाँच गर्ने क्रममा डाक्टरद्वारा मृत घोषणा गरिएकाे थियाे ।
घटनास्थलमा तत्कालै प्रहरी टोली खटी थप अनुसन्धान भईरहरको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया