लामाचौरमा किसान बजार सञ्चालनमा

पोखरा १६ र १९ को सिमाना ठूलीपोखरीमा स्थापना गरिएको किसान बजार उद्घाटन गर्दै पोखराका मेयर मानबहादुर जिसी ।
समाधान संवाददाता
पोखरा
पोखरा महानगरको सहयोगमा पोखरा १६ लामाचौरस्थित ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका वस्तु सिधै उपभोक्ताले खरिद गर्न सक्ने गरी किसान बजार सञ्चालनमा ल्याइएको हो । पोखरा १६ र १९ को सिमानामा पर्ने ठूलीपोखरीस्थित गौरबारीमा स्थापना गरिएको किसान बजारको बुधबार पोखराका मेयर मानबहादुर जिसीले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा मेयर जिसीले किसान बजारले किसानलाई हौसला प्रदान गर्दै बिचौलियालाई निरुत्साहित गर्ने बताए । उनले किसान बजार किसानले उत्पादन गरेका वस्तु संकलन गर्ने र वितरण गर्ने थलो भएको बताए । उनले किसानले उत्पादन गरेका वस्तुलाई सिधै उपभोक्तामा पुर्याउन किसान बजारले सहयोग गर्ने र बिचौलिया निरुत्साहित हुने बताए । उनले बजारमा किसान र उपभोक्ताले उपयुक्त वस्तु पाउने विश्वास व्यक्त गरे । यसले विशेष गरी पोखरा १६ र १९ मा व्यावसायिक रुपमा उत्पादित कृषिका वस्तुले सजिलै बजार पाउने उनको भनाइ थियो ।
पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले किसार बजार स्थापना भएपछि किसानले सहज रुपमा आफ्नो उत्पादनलाई बिक्री गर्न सक्ने वातावरण बनेको बताए । पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले वडा नम्बर १६ र १९ का किसानलाई लक्षित गरी किसान बजार स्थापना गरिएको बताए । पोखरा महानगरपालिका कृषि तथा पशु सेवा महाशाखाका प्रमुख मनहर कडरियाले किसान बजार निर्माणका लागि महानगरपालिकाले करिब १० लाख लगानी गरेको बताए । कार्यक्रममा किसान दुर्गा बस्नेत र जीतबहादुर बस्नेतले किसान बजार स्थापनापछि वस्तु बिक्री गर्न सहज हुने र उचित मूल्य पाउने आशा व्यक्त गरे ।
पोखरा १६ र १९ को कृषि सञ्जालका अध्यक्ष मेहरमान थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका सदस्य कृष्ण गौतम र सञ्जालका सचिव सुवास अधिकारीले पनि किसान बजारको बारेमा बोलेका थिए । कार्यक्रममा कृषि भजन समेत प्रस्तुत गरिएको थियो । महानगरपालिकाको सहयोगमा बिरौटामा कृषि बजार सञ्चालनमा आइसकेको छ भने अन्य ५ ठाउँमा पनि कृषि बजार निर्माण गर्ने योजना महानगरपालिकाले बनाएको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया