शोखका लागि व्यवसाय नगरौंः मुल्मी

समाधान संवाददाता २०७६ असोज १६ गते १३:४७

समाधान संवाददाता
पोखरा

पोखरा नगर होटल रेस्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) कास्कीको १८ औं वार्षिक साधारणसभा बुधबार भएको छ । कार्यक्रममा विजयादशमी दीपावलीको शुभकामना आदानप्रदानसमेत गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सदस्यको हकहितका अलवा पोखरा सहरलाई सभ्य र पर्यटनमैत्री बनाउन सिटी रेवानले ध्यान दिनुपर्ने बताए । सरकारले सबै काम गर्न नसक्ने उल्लेख गर्दै उनले नागरिकले कर्तव्य निर्वाह गर्नुपर्ने धारणा राखे । उनले शोखका लागि मात्र नभएर सच्चा व्यवसायी बन्न सुझाव दिए । ‘अहिले व्यवसाय गर्दा धेरै चुनौती र प्रतिस्पर्धा छ,’ उनले भने, ‘व्यवसायमा स्वच्छता, पारदर्शिता र स्तरीता चाहिएको छ ।’ उनले नागरिक स्तर र व्यवसायीको दवाव विना पेशागत समस्या समाधान गर्न नसकिने उल्लेख गरे ।

Advertisement

पोखरा सिटी रेवानका पूर्व अध्यक्ष केपी शर्माले गण्डकी प्रदेश सरकारले पर्यटन प्रवद्र्धन अभियान चलाउदा सिटी रेवानलाई नसमेटेको गुनासो गरे । पोखरा सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले पोखराका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई समेटेर संस्थाले आगामी दिनमा थप रचनात्मक कार्यक्रम सञ्चालन गर्ने बताए । गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष मनाइरहँदा सिटी रेवानले पनि पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याएको उनको दाबी छ ।

कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार जगन्नाथ ढकाल, पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष हरि पाण्डे, सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष विपिन अधिकारी, लोक दोहोरी प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरूङ, सिटी रेवानका सल्लाहकार पार्वती जिसी, वरिष्ठ उपाध्यक्ष धर्मबन्धु सुवेदी, महासचिव जीवन दाहाल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया