राष्ट्रपति सि भ्रमणः काठमाडौं–पोखरा–लुम्बिनी रेलवे प्राथमिकतामा

समाधान संवाददाता २०७६ असोज २७ गते १३:०१
/fi6«klt ;L :jb]z k|:yfg sf7df8f}F, @^ c;f]h -/f;;_ lrlgofF /fi6«klt ;L lrglkmª g]kfnsf] b''O{lbg] /fhsLo e|d0f k"/f u/L cfOtaf/ :jb]z kms{g] qmddf clejfbg ug'{x'Fb} . t:jL/ M gjLg kf}8]n

समाधान संवाददाता
पोखरा

काठमाडौं–पोखरा–लुम्बिनी रेलवे परियोजनामा चीन सरकारले काम थाल्ने भएको छ । चिनिया राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणका क्रममा दुवै देशका अधिकारीबीच रेलवे परियोजनाका रुपमा अघि बढाउने सम्झौता भएको हो ।

सीको भ्रमणका अन्त्यमा दुवै देशका तर्फबाट आइतबार जारी १४ बुँदे संयुक्त वक्तव्यमा उल्लेख छ, ‘क्रस बोर्डर रेलवे निर्माणबारे विस्तृत तहको अध्यन गर्ने र यसलाई काठमाडौं–पोखरा–लुम्बिनी रेलवे परियोजनाका रुपमा अघि बढाउने सहमति भएको छ ।’ नेपालभित्र रेलवे सेवा निर्माणमा चिनियाँ सरकारले सहयोग गर्ने यस अघि नै भएको सहमति अनुसार चिनिया कम्पनीले अग्रसरता समेत देखाइसकेका छन् । चिनिया १ कम्पनीले त काठमाडौं–पोखरा रेलवे लाइनको सम्भाव्यता अध्ययनको मस्यौदा ३ वर्ष पहिला नै नेपाल सरकारलाई बुझाइसकेको छ ।

Advertisement

पोखरा विमानस्थल निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ लिमिटेडले पोखरा–काठमाडौं रेलवे लाइनको सम्भाव्यता अध्ययनको ड्राफ्ट सरकारलाई बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ मै उक्त कम्पनीलाई पोखरा–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न स्वीकृति दिएको थियो । चिनिया कम्पनीले काम थालेको १ देखि डेढ वर्षसम्म काठमाडौं पोखरा रेलवे मार्ग निर्माण सम्पन्न गरिसक्ने जनाएको छ ।

राष्ट्रपति सीका भ्रमणका क्रममा २० बुँदामा सहमति भएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत बन्दरगाह, सडक, रेलवे, हवाई सेवा आदि माध्यमबाट हिमालय वारपार सम्पर्क सञ्जाल विस्तार गर्ने समझदारी भएको छ ।

Advertisement

झाङमु– खासा बन्दरगाहलाई फेरि सञ्चालन, जिलोङ – केरुङ नाकालाई अद्यावधिक गर्ने र लिजी – नेचुङ नाका जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन दुवै देश तयार भएका छन् । अरनिको राजमार्गको स्तरान्नति गर्ने र स्याफ्रुबेंसी – रसुवागढी सडक समेत पुनर्निर्माण गरिने भएको छ । जिलोङ – केरुङ हुँदै काठमाडौं जोड्न सुरुङहरु निर्माण गर्ने, कोशी, गण्डकी र कर्णाली कोरिडर निर्माणमा प्रतिवद्धता दोहो¥याउने । सहमति भएको वक्तव्यमा उल्लेख छ ।

यसैगरी दुवै देशले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राख्दै एकअर्काको चासो र सरोकारलाई सम्मान गर्ने बुँदामा समेत समझदारी जुटेको छ । नेपाली पक्षले १ चीन नीतिमा अडान दोहोर्‍याउँदै ताइवान चीनको अभिन्न अंग रहेको र तिब्बत चीनको आन्तरिक मामला भएको धारणा स्पष्ट पारेको छ । नेपाली भूमिबाट चीन विरुद्धको कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता नेपालले दोहोर्‍याएको छ ।

राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र द्रुत आर्थिक विकासका आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई चीन सरकारको सहयोग कायम रहने भएको छ । द्विपक्षीय उच्चस्तरीय भ्रमण र आदानप्रदानलाई निरन्तर रुपमा अघि बढाउने, सरकारका मन्त्रालयहरु, विभाग, कानुनी निकाय र राजनीतिक दलबीचको आदानप्रदान निरन्तर राख्नसमेत दुवै पक्षले सहमति जनाएका छन् ।

चीनको सिचिवान प्रान्तको छेङ्दुमा नेपालको कन्सुलेट जनरल स्थापना गर्न समझदारी भएको छ । २ मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै विभिन्न क्षेत्रहरुमा दुवै मुलुकको हित हुने गरी सहकार्य गरेर अगाड बढ्ने सहमति भएको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघमा नेपाल र चीनले आपसी सहकार्यलाई थप मजबुद बनाउने, २ मुलुकबीचको हित हुने क्षेत्रीय मुद्दामा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ ।’

चनियिा राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयम थपएिको दुवै मुलुकको दाबी छ । २ मुलुकबीच शिक्षा, पर्यटन, आयुर्वेदिक, मिडिया, थिंक ट्यांक लगायतमा प्रवद्र्धन गर्ने, चिनियाँ सरकारको तर्फबाट सय वटा कनफ्युसयिस इन्स्टिच्युट छात्रवृत्ति प्रदान गरिने भएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा चीनको पक्षबाट सक्दो सहयोग गर्ने र भ्रमण वर्षमा पनि सहयोग रहने सहमति भएको छ ।

२ मुलुकबीच सीमा व्यवस्थापन सम्बन्धी समझदारीमा भएको हस्ताक्षारमा सहमति जनाइएको छ । सगरमाथा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको द्योतक रहेको उल्लेख गर्दै चिनियाँ पक्षले जलवायु परविर्तन र वातावरण संरक्षणमा जोड दिने, चीन र नेपालले संयुक्त रुपमा सगरमाथाको उचाइको घोषणा गर्ने सहमति पनि भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपालको २ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्केका छन् । राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सिलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरिन् । चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरे । चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेश नं ३ का मुख्यमन्त्री, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारी उपस्थिति थियो । उनलाई नेपाली सेनाको टुकडीले राष्ट्रपतीय सम्मानगारत प्रदान गरेको थियो । चिनियाँ राष्ट्रपति सि शनिबार ५ बजे काठमाडौं अवतरण गरेका थिए । भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर उनी नेपाल आएका हुन् ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई चीन विरोधी भूमिका रुपमा विकास हुन नदिने प्रतिवद्धता जनाएका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङलाई होटल सोल्टीमा आफ्ना पार्टीका सचिवालय सदस्यका साथ संयुक्तरुपमा सीलाई भेट्दै प्रचण्डले नेपाल चीनको हितमा रहेको र त्यस विरुद्धका कुनै पनि क्रियाकलपा यहाँ हुन नदिने प्रतिवद्धता व्यक्त गरेको सचिवालयका १ सदस्यले बताए । २० मिनेट भएको भेटमा सबैभन्दा पहिले अध्यक्ष प्रचण्डले नेपाल चीनको सम्बन्धबारे व्याख्या गर्दै नेपालका कारणले चीनमाथि कुनै पनि सुरक्षा चुनौती नहुने बताएका हुन् ।

तपाईको प्रतिक्रिया