हत्या आरोपित आलम सांसदबाट निलम्बित

समाधान संवाददाता, काठमाडौं
हत्या आरोपमा पक्राउ परेका रौतहटका मोहम्मद अफताब आलमको सांसद पद निलम्बनमा परेको छ । संसद सचिवालयले सोमबार सूचना जारी गर्दै आलम निलम्बनमा परेको जानकारी दिएको हो । रौतहट क्षेत्र २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान गौरबाटै नियन्त्रणमा लिएको थियो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत २७ गते (पहिलो संविधानसभा चुनाव ताका) राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।
रौतहटको राजपुर फरहदवास्थित आफ्नै निवासमा बम बनाउँदै गर्दा भएको विस्फोटमा परि २ नेपाली र १९ भारतीय नागरिकको मृत्यु हुनुका साथै २ दर्जन बढी घाइते भएका थिए । बम बनाउँदै गरेको घरमा पनि विस्फोटबाट क्षति पुगेको थियो । विस्फोटमा घाइते भएकालाई आलमकै निर्देशनमा इँटा भट्टीमा हालेर मारेको आरोप पनि उनीमाथि लागेको छ । यो विस्फोटको मानवअधिकार आयोग, इन्सेकलगायतले अनुसन्धानसमेत गरेका थिए ।








मतदाता संख्या १ करोड ८९ लाख
लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया