नेपाल प्रहरीमा दरबन्दी थपियाे

समाधान संवाददाता २०७६ असोज २९ गते १४:४०

समाधान संवाददाता
काठमाडौं

गृह मन्त्रालयले नेपाल प्रहरीको विभिन्न पदमा ३ हजार ५ सय ९६ नयाँ दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको छ । नेपाल प्रहरीले नयाँ दरबन्दीको प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । गृहले हालै उक्त प्रस्ताव स्वीकृत गरेपछि प्रहरीमा वरिष्ठ प्रहरी अधिकारीसहित नयाँ दरबन्दी थपिने भएको छ ।

गृहको स्वीकृति अनुसार नेपाल प्रहरीमा १ प्राविधिकसहित ३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थपिने छन् । प्रहरी उपरीक्षक (एसपी) मा ४, प्रहरी नायब उपरीक्षक (डिएसपी) २१, प्रहरी निरीक्षक ४७ जना थपिने छन् ।

Advertisement

प्रहरी नायब निरीक्षक ८६, प्रहरी सहायक निरीक्षक २ सय ९७, प्रहरी हवल्दार ६ सय ८३, प्रहरी जवान २ हजार २ सय १६ र कार्यालय सहायक २ सय ३९ थपिने भएका छन् ।

प्रहरी बढुवामा व्यापक असन्तुष्टि छ । थपिएका दरबन्दीले असन्तुष्टि केही हदसम्म निराकरण गर्ने गृहको विश्वास छ । एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै १ वर्षअघि एसपी नरेन्द्र उप्रेतीले राजीनामा नै दिएका थिए । शक्ति केन्द्र धाउनेले बढुवा पाएको भन्दै प्रतिस्पर्धी उप्रेतीले राजीनामा दिएका थिए ।

Advertisement

प्रहरी उपरीक्षक बढुवामा पनि असन्तुष्टि छ । व्यावसायिक छवि बनाएका केही अधिकृतलाई जानाजान बढुवामा समावेश नगरिएको आरोप छ ।

तपाईको प्रतिक्रिया