सांसद पार्वत विरुद्ध पक्राउ पुर्जी

समाधान संवाददाता २०७६ असोज ३० गते १२:२४

समाधान संवाददाता, काठमाडाैं

संघीय प्रतिनिधि सभाका सांसद पार्वत गुरुङविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । वीरध्वज खड्काले गएको वैशाख २९ गते काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाका आधारमा जिल्ला अदालत काठमाडौंले गएको भदौ १६ गते जिल्ला प्रहरी कार्यालय दोलखालाई पत्र पठाउँदै सांसद गुरुङलाई अदालतमा उपस्थित गराउन भनेको थियो ।

२०७४ सालमा भएको स्थानीय चुनावपछि वीरध्वज खड्कामाथि काठमाडाैंको गौशालामा आक्रमण भएको थियो । खड्काले आफूमाथि सांसद गुरुङसहितको संलग्नतामा आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडाैंमा ज्यान मार्ने उद्योगका किटानी दर्ता गराएका थिए ।

Advertisement

जिल्ला अदालत काठमाण्डौले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङसमक्ष म्याद तामेल गरेको छ । गुरुङ २०७४ सालको चुनावमा दोलखा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया