सातबिसे अर्थात मौरी गाउँ

समाधान संवाददाता २०७६ असोज ३० गते १५:३४

राकेश शर्मा
म्याग्दी

३१ वर्षसम्म विदेश बसे टेकबहादुर खड्का । तर विदेशको कमाइमै सन्तुष्ट भइरहन सकेनन् । जिन्दगीको महत्वपूर्ण समय खाडीमा बिताएका खड्का अहिले ५२ वर्षका भए । विदेशमा बसे पनि राम्रो कमाई नभएपछि उनी गाउँ फर्केर मौरी पालनमा लागेका छन् । १२ वर्ष कुवेत, ३ वर्ष दुबइ र बाँकी १६ वर्ष इन्डिया बसेका सातबिसेका खड्काले गाउँमा मौरी पालनको सम्भावना देखाएका छन् ।

उनीमात्र होइन, म्याग्दीको मंगला गाउँपालिका ३ मा रहेको सातविसे गाउँ नै मौरीगाउँको रुपमा विकास हुँदै छ । यहाँका स्थानीयले पछिल्लो समय मौरीपालन, केरा खेती र माछापालन थालेका छन् । गाउँमा पुग्नेले घरैपिच्छे मौरीका घार देख्छन् ।

Advertisement

गाउँपालिकाकाले मौरीपालनको पकेट क्षेत्र बनाएसँगै यहाँका किसान मौरीपालनतर्पm लागेका हुन् । ‘३१ वर्ष विदेश बसें, समय सकियो । कमाई भएन र गाउँमा आएर मौरी पालन सुरु गरेको छु’, खड्काले भने । उनले मौरीसँगै फलफूल र फूल खेतीसमेत गरेका छन् । अहिले उनी वार्षिक ७ लाख कमाउँछन् । ‘अरुको देशमा गरेको दुःख मैले गाउँमा गरेको भए कमाई पनि हुन्थ्यो, घरपरिवारसँग बस्न पनि पाइन्थ्यो’, उनले थपे ।

सातबिसेका ३५ घरका प्रत्येक घरमा मौरीका घर छन् । सातबिसेमा नमुना मौरी पालन कृषि समूह बनाई भूमी व्यवस्था कृषि सहकारी मन्त्रालय मुख्य मन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ स्थापना कार्यक्रमम अन्तर्गत नमुना मौरी पालन समूह स्थापना गरिएको छ । पहिलो चरणमा १० लाख ३२ हजार लगानी गरेर १ सय २९ वटा घार लिएर सुरु गरिएको मौरी पालनमा २ लाख १९ हजार ३ सय रुपैयाँ स्थानीयको लगानी छ ।

Advertisement

८ हजार पर्ने घारका लागि गाउँलेले १ हजार ७ सय तिरेका छन् । नमुना मौरी पालन कृषि समूहका सचिव नूरबहादुर खड्का अनुसार यो वर्ष गाउँका प्रत्येक घरमा मौरीका घार हुनेछन् । ‘पेशाले म शिक्षक हुँ, समय पनि बढी दिन नपर्ने कमाई पनि राम्रो हुने भएकाले म मौरी पालनमा लागेको छु’, उनले भने, ‘सुरुमा गाउँलेले मौरी पालन गर्न आनाकानी गरे पनि अरुले राम्रो कमाउन थालेपद्धि सबैले सुरुआत गरेका छन् ।’

मौरीसँगै केरा खेती र माछा पालनमा लागेका किसानहरु सम्बन्धित निकायले तालिम, बजार व्यवास्थपन नगरिदिएको गुनासो गर्छन् । गाउँपालिका अध्यक्ष सतप्रसाद रोका अर्गानिक उत्पादनमा अग्रणी गाउँपालिका बनाउनका लागी कृर्षकलाई तालिमसँगै अनुदानको व्यवस्था गरिएको बताउँछन् । ‘हामीले रासायनिक मलको प्रयोग नर्गनुस् भनेर किसानलाई भनेका छौं,’ उनले भने, ‘गाउँपालिकाका हरेक बस्तीमा जुन खेती राम्रो हुन्छ, त्यही चिजको पकेट क्षेत्र विभाजन गरेका छौँ । यसले किसाको आयआर्जनमा टेवा पुगेको छ ।’

तपाईको प्रतिक्रिया