दसैंमा घर गएका कर्मचारी अझै फर्किएनन्

एसके थकाली
जोमसोम
जिल्ला प्रशासन कार्यालय मुस्ताङले बिहीबार संघ तथा प्रदेश स्तरीय कार्यालयको छड्के निरीक्षण गरेको छ । निरीक्षणका क्रममा अधिकांश कार्यालयका कर्मचारी अनुपस्थित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
संघ तथा प्रदेशका अधिकांश कार्यालय प्रशासनले निरीक्षण गरेको हो । निरीक्षणका क्रममा संघीय कार्यालयतर्फ मालपोत प्रमुख नारायणप्रसाद भट्टराई र सुब्बा दिलबहादुर क्षेत्री, नापी कार्यालयका प्रमुख मिथिलेस शाह, अमिन विष्णु पौडेल , अमिन मदन श्रेष्ठ र कास लेखबहादुर थापा, मुस्ताङ कारागारका प्रमुख विनोद अर्याल, कोष तथा लेखा कार्यालयका लेखापाल पुष्पराज आचार्य र सहलेखापाल बृजकिशोर चौरासिया, हुलाक कार्यालयका प्रमुख सूर्यप्रसाद शर्मा, लेखापाल दीपक चापागार्इँ, हल्कारा रमेशराज पौडेल, एक्यापका ३ कर्मचारी, निर्वाचन कार्यालय प्रमुख सीताराम शर्मासहित ३ र स्याउ जोन कार्यालयका ३ कर्मचारी अनुपस्थित थिए ।
प्रदेश स्तरीय कार्यालयमध्ये जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय खुला रहे पनि पुरै कर्मचारी अनुपस्थित रहेको प्रशासनले जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुखसहित ५ जना, कृषि ज्ञान केन्द्र इकाइका २ जना, स्वास्थ्य २ जना, घरेलु तथा साना उद्योग कार्यालयका २ जना र जिल्ला अस्पतालका ४ जना कर्मचारी अनुपस्थित छन् ।
दसैंको लामो बिदामा घर गएका कार्यालयका कर्मचारी कार्यालय खुलेको लामो समय बितिसक्दासमेत काममा फर्किएका वा नफर्किएको जानकारी प्राप्त गर्न प्रशासनले छड्के अनुगमन गरेको प्रजिअ वेदप्रसाद अर्यालले जानकारी दिए । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरणसहित आवश्यक कारबाही गरिने उनले बताए ।







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया