प्रधानमन्त्री ओली कात्तिक ८ मा अजरबैजानको बाकु जाने

समाधान संवाददाता, काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन कात्तिक ८ गते अजरबैजानको राजधानी बाकु जाने भएका छन् ।
बाकुमा कात्तिक ८ र ९ गते असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा राष्ट्र प्रमुख र सरकार प्रमुखहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी पनि सहभागी हुनेछन् ।
प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई कात्तिक ९ गते सम्बोधन गर्नेछन् ।
सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका सरकार र राष्ट्र प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रधानमन्त्री ओली कात्तिक १० गते बिहान नेपाल आइपुग्नेछन् ।









पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया