प्रहरी इन्चार्जलाई बलात्कार आरोप

समाधान संवाददाता
सुनसरी
नागरिकको जिउ ज्यानको सुरक्षा दिने प्रहरीमाथि नै एकल महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । सुनसरीको धरान उपमहानगरपालिका ४, पत्रङबारी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पीताम्बर अधिकारीमाथि स्थानीय एकल महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।
पीडित महिलाले शनिबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि अधिकारीलाई पक्राउ गरिएको छ । शनिबार नै धरान ४ का वडा सदस्य धनबहादुर कुलुङसहित इलाका प्रहरी कार्यालय धरानबाट घटनास्थल गई प्रहरीले मुचुल्का तयार गरेको छ ।
पतिको मृत्युपछि ती महिला ४ छोराछोरीसहित पत्रङबारीस्थित घरमा बस्दै आएकी छन् । मादक पदार्थले मातेका प्रहरी सहायक निरीक्षक अधिकारीले गएको बुधबार मध्यरातमा आफ्नो घरमा प्रवेश गरी आफूलाई बलात्कार गरेको ती महिलाले प्रहरी समक्ष बयान दिएकी छन् ।
ती महिलाको उजुरी दर्ता गरी प्रहरी सहायक निरीक्षक अधिकारीलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान थालिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया