पाेखराकाे रंगशालामा १० हजार दर्शक अट्ने प्यारापिटकाे निर्माण हुँदै

समाधान संवाददाता २०७६ कार्तिक ४ गते १५:००

समाधान संवाददाता
पोखरा

१३ औं दक्षिण एसियाली खेल अन्तर्गत ९ वटा खेलको प्रतिस्पर्धा पोखरामा गर्ने तयारी भएको छ । खेलका लागि पूर्वाधार निर्माणसमेतले तीव्रता पाएको छ । पोखरामा हुने ९ खेल मध्य महिला फुटबल पनि हो ।

फुटबल मैदान बनाउनका लागि निर्माण कम्पनीले तीव्र काम गर्दै आएको छ । रातमासमेत बत्तिको प्रयोग गरेर काम अघि बढाएका छन् । रंगशलामा १८ हजार भन्दा बढी दर्शक अटाउने भनेर निमार्ण कार्य थालिएको डोमको ६० प्रतिशत काम भएको निमार्ण कम्पनीका प्रतिनिधि दीपक बरालले जानकारी दिए ।

Advertisement

६० प्रतिशत मात्र काम भए पनि सागको खेल भने निर्माणाधीन फुटबल मैदानमा नै हुने छ । बरालका अनुसार निर्माणको काम नसकिए पनि प्रतियोगिताका लागि भने रंगशाला तयार हुने बताए । बरालका अनुसार ८ देखि १० हजार दर्शक अट्ने प्यारापिट निर्माण हुने छ ।

खेल मैदानमा १ हप्तामा दुबो विछ्यार सक्ने योजना छ । असोजदेखि दुवो झार विछ्याउने काम सुरु भएको हो । पहिलो चरणमा विच्छाएको दुवो अहिले हरियो भइसकेको छ । खेलमैदान भन्दा बाहिरको ट्रयाकको निर्माण अन्तिम चरणमा पुगेको छ । साग खेलसम्म १२ वटा चर्पी निर्माण हुने छ भने थप ५ चर्पी साग खेलपछि निर्माण गर्ने योजना छ ।

Advertisement

मैदानसँगै ट्रयाकको लागि अस्फाल्ट कालोपत्रे गरिँदै आएको बरालले सुनाए । गत फागुनदेखि पोखरा रंगशालाको फुटबल मैदान निमार्ण सुरु भएको हो । गत असारसम्म रंगशालाको निमार्ण काम सक्ने योजना भए पनि प्राविधिक कारणले सुरुमा निर्माण कार्यले गति लिन सकेको थिएन । अन्य काम भन्दा प्यारापिट जडान गर्ने काम छिटो हुने बरालको भनाई छ ।

विदेशबाट रेडिमेड प्यारापिट रंगशालामा जडान गर्ने मात्र काम गरिने छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता स्थानीय तयारी समितिका सचिव लक्षुमण योगीले फुटबल मैदनाको पूर्व र पश्चिमको प्यारापिट निर्माण गरेपछि साग खेल खेलाउने योजना रहेको बताए । अन्य प्यारापिट साग पछि निमार्ण गर्ने योजना छ ।

१० हजार दर्शक अटाउने प्यारापिट निर्माण गरेर साग खेल खेलाउँदा कुनै कमजोरी नहुने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ बताउँछन् । ‘अहिले साग खेलमा १० हजार दर्शक अट्ने क्षमता भएमा पुग्छ,’ गुरुङले भने, ‘अन्य प्यारापिट निमार्णको काम साग पछि गर्दा पनि असर नपर्ने गुरुङले बताए । १ अर्ब २८ करोडको लागतमा फुटबल मैदान निर्माण गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया