मुस्ताङको स्याङ खोला पुलकाे निर्माणकार्य अन्तिम चरणमा

समाधान संवाददाता २०७६ कार्तिक ४ गते १५:३७

फोटो क्याप्सनः मुस्ताङको घरपझोङ–३ स्याङमा निर्माणधिन स्याङ खोला पुलको काम धमाधम । तस्विरः एसके थकाली ।

एसके थकाली, जोमसोम

राष्ट्रिय गौरबको आयोजना, बेनी÷जोमसोम÷कोरला सडक अन्र्तगत मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङमा निर्माणधिन स्याङ खोला पक्की मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ ।

Advertisement

२०७१ साल देखि निर्माण सुरु भएको पुलको काम हाल ८० प्रतिशत सकिएको छ । पुलको काम २०७२ सालको भुकम्प र भारतिय नाकाबन्दी अघि सडक डिभिजन कार्यालय सुरु गरेको हो । पुलको लम्बाई १ सय १५ मिटर र चौडाई ६ मिटर रहने गरी १० करोड ५२ लाख लागतमा मुक्तिनाथ श्रीगिता जेभीले पुल निर्माणको जिम्मा लिएको हो । पुलको काममा भुकम्प र नाकाबन्दीले केही समय प्रभावित बन्यो । यसपछि सरकारले उत्तरी कोरलानाका संञ्चालनको लक्ष्य सहित स्याङ खोला पुलको डिजाईन तथा पुलको चौडाई बृद्धि गर्ने योजना बन्यो । यसका लागि डिभिजन सडकले विभागलाई पत्रचार गर्‍यो ।

विभागको भेरियसन पछि पुलको साविक लागतको १० प्रतिशत बृद्धि हुने गरी २०७३ साल बैशाख ९ गते प्रि–डिजाईनको ईष्टमेट पास भयो । कोरला सडक बिस्तारसंगै डिभिजन सडकले कालिगण्डकी करिडोर सडकलाई पुलको जिम्मा सुम्पिएको हो । निर्माण कम्पनीबाट मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनको अमित बिल्डर्सले पुल बनाउने काम लिएको हो । प्राकृतिक प्रकोप तथा भारतिय नाकाबन्दी र डिजाईन परिवर्तनले ढिलासुस्ती हुँदै आएको स्याङ खोला प्लको काम चालु आर्थिक बर्षभित्रै संम्पन्न हुने करिडोर सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । उनका अनुसार पुलको पिल्लर उठाउने काम , २५ मिटर स्ल्याप ढलान भईसकेको र बाकी भागमा धमाधम सटिङ गर्ने कार्य धमाधम भईरहेको बताए ।

Advertisement

‘पुलको काम अन्तिम चरणमा छ ,सटिङ कार्य भईरहेको छ ,’ अधिकारीले भने,‘ आउदो बैशाखमा स्ल्याप ढलानको काम हुन्छ, हिउँदयाममा चिसो हुने भएकाले ढलानको काम सरेको हो ।’ आईतबार करिडोर सडकको समन्वयमा स्याङ खोला प्लको अनुगमन तथा निरीक्षण भएको छ । जिल्ला प्रशासन कार्यालयको रोहबरमा मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन, प्रदेश सांसद द्धय महेन्द्रबहादुर थकाली र चन्द्रमोहन गौचन लगायतले पुलको स्थलगत निरीक्षण गरेका हुन् ।

सांसद प्रेमप्रसाद तुलाचनले निर्माणधिन पुलको काम चालु आर्थिक वर्ष भित्रै सकिने जानकारी दिए । उनले कोरला नाका जोड्ने सडकको पहुच विस्तारका लागि स्याङ खोला पुल महत्वपूर्ण भएको बताउदै मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध गर्न आउने तिर्थालुलाई समेत पुलले सहज बनाउने जनाए । सांसद तुलाचनले पुलको काम विभिन्न प्राविधिक उल्झनले समय लम्बिन पुगेको स्पष्ट पारे । करिडोर सडकले म्याग्दीको राहुघाट खोला देखि कोरला सम्म झन्डै ३ दजर्न पक्की पुल निर्माण गर्दैछ ।

यसअघि मुस्ताङको पान्डा खोला पुल र छुसाङको मुस्ताङ गेटको पुल संम्पन्न भईसकेको करिडोरले जनाएको छ । करिडोरका अनुसार कोरला सडकका लागि ठाउँ ठाउँमा पुल निर्माणको काम अघि बढेको र केही स्थानमा ठेक्का प्रक्रिया अघि बढेको छ । यता ,करिडोर सडकको बेनी÷जोमसोम सडकको संम्झौता अवधि मंशिरमा सकिदैछ भने जोमसोम–कोरला सडकको अवधि २ पटक म्याद थप भएको छ । आयोजनाका अनुसार जोमसोम÷कोरला सडक ८० प्रतिशत र बेनी÷जोमसोम सडक ६० प्रतिशत संम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया