तिब्बती व्यापार मेला सर्नाले राजश्व न्युन

समाधान संवाददाता २०७६ कार्तिक ४ गते १६:११

एसके थकाली
जोमसोम

यसपटक उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतको कोरला व्यापार मेलाबाट न्युन राजश्व उठेको छ । यस वर्ष भदाैमा संञ्चालन हुने मेला ढिलो भएकाले राजश्व घटेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

भन्सार प्रमुख यादवराज पहाडीका अनुसार व्यापार मेलामा साँढे ५ लाख राजश्व संकलन भएको छ । चालु वर्षको भन्सार लक्ष्य अनुसार ३३ प्रतिशत राजश्व उठेको उनले बताए । यस्तै, गत आर्थिक वर्षको दोश्रो व्यापार मेलामा ७ लाख राजश्व संकलन भएको थियो ।

Advertisement

चालु वर्षको राजश्व लक्ष्य १६ लाख भएपनि व्यापार मेला ढिलो गरि संञ्चालन भएकाले राजश्वमा यथेस्ट प्रगति हुन नसकेको भन्सार प्रमुख यादवले खुलाए । उनका अनुसार १५ दिन सम्म व्यापार मेला हुनु पर्नेमा एक सातामै सकिएको , व्यापार मेला ढिलोे भएको ,सबैले सामान बेशीबाट खरिद गरेको र कतिपय स्थानीय बेशी झरेसकेकाले लक्ष्य भन्दा कम राजश्व भयो उठेको हो ।

बर्सेनि असार र भदौमा हुने व्यापार मेला चिनिया पक्षले सुरक्षाको कारण डेढ महिना ढिलो गरी संञ्चालन भयो । यसअघि व्यापार मेलाका लागि स्थानीय प्रशासन ,भन्सार र लोमान्थाङका सरोकारवालाले चिनिया पक्षलाई आग्रह गरेका थिए । मुस्ताङ भन्सार कार्यालयका प्रमुख यादवराज पहाडीले व्यापार मेला ढिलो भएकाले राजश्वमा सुधार नभएको बताए । उनका अनुसार चालु वर्ष १६ लाख राजश्व संकलन गर्ने भन्सार लक्ष्य थियो । लक्ष्यले अनुसार राजश्व संकलन गर्न आगामी असारको व्यापार मेलामा १० लाख राजश्व उठ्नु पर्ने यादवको भनाई छ ।

Advertisement

गत वर्ष जिल्ला भन्सार कार्यालय लक्ष्य भन्दा १८ प्रतिशत राजश्व संकलन गरेको थियो । भन्सार प्रम्ख यादवले दिएको जानकारी अन्ुसार गत वर्ष १२ लाख ५० हजार लक्ष्य भएपनि १४ लाख ८६ हजार राजश्व संकलन भएको बताए । आ.व २०७२÷०७३ मा २ लाख ९० हजार राजश्व उठेको थियो । यस वर्ष किराना सामान ,खाद्यान्न ,उन जस्ता सामान नेपाल तर्फ आयात भएको छ भने नेपालबाट कुनै पनि सामान चिनतर्फ निर्यात नभएको भन्सार प्रमुख यादवको भनाई छ । उनले व्यापार मेला संञ्चालन तथा भन्सार कार्यालयको राजश्व संकलनमा सहयोग सरोकारवालालाई धन्यवाद व्यक्त गरे । चिनिया भुमीमा हुने व्यापार मेला सीमावर्ती क्षेत्रका बासीन्दालाई लक्ष्य गरी संञ्चालन हुदै आईरहेको छ ।

तपाईको प्रतिक्रिया