प्रतिबन्ध हटाए र पक्राउ परेकालाई रिहा गरे वार्ता गर्छौंः विप्लव

समाधान संवाददाता, काठमाडाैं
प्रतिबन्धित समूह नेत्रविक्रम चन्द (विप्लव) ले सरकारले इमानदारीका साथ पहल गरे वार्ताको लागि तयार रहेको एक विज्ञप्तिमा बताएका छन् ।
महासचिव ‘विप्लव’ले विज्ञप्तिमार्फत् वार्ताको लागि पक्राउ परेका नेता कार्यकर्ताको विनासर्त रिहा र प्रतिवन्ध हटाउनुपर्ने माग गरेका हुन् । पश्चिम नेपालको अज्ञातस्थलमा भएको भनिएको केन्द्रीय समितिको आठौं बैठकपछि १२ बुँदे विज्ञप्ति जारी गर्दै उनले सो कुरा उल्लेख गरेका छन् ।
‘सरकारले आफ्नो फासिवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’ को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ताप्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाई छोडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ,’ विप्लवले विज्ञप्तिमा भनेका छन् ।
सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिबन्ध हटाउनुपर्ने र नेता–कार्यकर्तालाई निःसर्त रिहा गर्नुपर्ने माग गर्दै विप्लवले यसअघि सरकारले वार्ताको नाममा षडयन्त्र गर्न खोजेको हुँदा वार्ता हुन नसकेको संकेत गरेका छन् ।
प्रहरीले असोज ३० गते दाङको राजपुर गाउँपालिका वडा नं. ४ बाट २१ जना विप्लवका कार्यकर्तालाई एकैपटक पक्राउ गरेको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया