बेलायतमा एउटा ट्रकमा ३९ जनाको शव भेटिएपछि संसारभर तरंग

एजेन्सी
बेलायतको राजधानी लन्डनको पूर्वीभागमा बुधबार एउटा ट्रकभित्र ३९ जनाको शव भेटिएपछि त्यो समाचारले संसारभर तरंग ल्याएको छ ।
सो ट्रक अर्को युरोपीयन राष्ट्र बेल्जियमबाट जहाजमा हालेर वेलायत ल्याइएको प्रहरीले जनाएको छ । तर ट्रक कहाँबाट बेल्जियम आइपुगेको थियो यकिन छैन ।
ट्रक पुर्वी युरोपियन मुलुक बल्गेरियाबाट आएको कतिपय बेलायती सञ्चार माध्यमले जनाएका छन् । बल्गेरीयाको विदेशमन्त्रालयका प्रवक्ताले सो ट्रक आफ्नो मुलुकमा दर्ता रहेको जनाएका छन् ।
तर बल्गेरियाबाट ट्रक बेल्जियम पुगेकोमा भने आशंका ब्यक्त गरेका छन् ।
प्रहरीले ट्रकका चालक २५ वर्षिय आइरिस नागरिक मो रबिन्सनलाई गिरफ्तार गरेकोछ ।
बेलायती प्रहरीले त्यो ट्रक कहाँबाट आएको, त्यहाँ भित्रका लास कसरी आए, ती कुन देशका मानिस हुन् र उनीहरुको कसरी मृत्यु भयो भन्ने पत्ता लगाउन लामो अनुसन्धान र धेरै समय चाहिने बताएका छन् ।
मानव तस्करहरुले बेलायत लैजाने क्रममा ति मानिसहरुको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । यो भन्दा अघि सन् २००० पनि बेलायत छिरेको एउटा ट्रकमा ५८ चिनियाँ नागरिकको लाश फेला परेको थियो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया