‘तिहारको रमझम’ सार्वजनिक

समाधान संवाददाता २०७६ कार्तिक ७ गते १४:२२

समाधान संवाददाता
पोखरा

जिसी इन्टरटेनमेन्ट नेपालको प्रस्तुती गायिका तथा नायिका तुलसी क्षेत्रीको देउसी भैलो गीतको भिडियो ‘तिहारको रमझम’ सार्वजनिक भएको छ ।

गीतकार सुमन श्रापितको शब्द तथा रचना, बीबी अनुरागीको सगींत रहेको देउसी गीतमा बीबी अनुरागी र तुलसी क्षेत्रीको स्वरमा रहेको छ । सगींतकार अनुरागीको निर्देशनमा छायांकन भएको भिडियोको कोरियोग्राफी होम गुरुङले गरेका छन । भिडियोमा हिमाली सास्कृतिक परिवारका कलाकारहरु नितु गुरुङ, सुमिन गुरुङ, सगीता गुरुङ लगायतका कलाकारहरुको आकर्षक नृत्य गरेका छन । गणेश सापकोटाले छायांकन गरेको भिडियोको सम्पादन सुवास अमगाई गरेको गायिका तुलसा क्षेत्रीले बताइन् ।

Advertisement

संगीतकार बीबी अनुरागीले गीतको सवै पक्षलाई राम्रो बनाउने प्रयास गरेको प्रतिक्रिया दिएका छन । ‘देउसी भेैलो खेल्नको लागि नाच्न र सुन्नको लागि गीत अत्यन्तै उपयुक्त छ,’संगीतकार अनुरागीले भने, ‘यत्तिको स्तरीय गीत बजारमा राम्रोसंग चल्ने छ ।’ गीतकार सुमन श्रापितले परम्परालाई कायम राख्दै आधुनिकतासँगै बदलिँदो देउसी शैलीको वर्णन गरेका छन । मौलिक र फरक चिन्तन महसुस गर्न सकिने देउसी गीत बनेको उल्लेख गर्दै उनले बाउबाजेको पाला र अहिले छोरा नातिको पालामा आएका भिन्नताहरुको विविध कोणबाट चर्चा गरेका छन ।

Advertisement

तपाईको प्रतिक्रिया