भाईटिका(किजा पूजा)काे लागि १३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

समाधान संवाददाता २०७६ कार्तिक ७ गते १५:३७

समाधान संवाददाता, काठमाडाैं

सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहसचिव प्रेमकुमार राईका अनुसार कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

Advertisement

‘नेवार समुदायले किजा पूजाको दिन भाइटीका मनाउने भएकाले त्यसदिन बिदा दिन अनुरोध आइरहेकोमा निर्णय भएको हो,’ सचिव राईले भने ।

तिथिअनुसार कात्तिक १२ गते भाइटिका छ । पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो ।

Advertisement

संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेका थिए ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया