मनकामना केबलकार चढ्नेलाई स्मार्ट टिभीदेखि स्मार्ट माेबाइल उपहार

समाधान संवाददाता २०७६ कार्तिक ८ गते १३:१०

समाधान संवाददाता
काठमाडौं

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले २१औं वार्षिकोत्सवको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ । १ महिना अवधि भएकोयो योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने छन् ।

पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजीस्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल छन् । कम्पनीले अयात्रुलाई सम्मान गर्ने उद्देश्यलेउपहार योजना ल्याएको जनाएको छ । कात्तिक ७ देखि सुरु भएको यो योजना मंसिर ७ गतेसम्म लागु हुनेछ । कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको विशेष अवसरमा लक्की ड्रमार्फत विजेता घोषणा गर्ने जनाएको छ ।

Advertisement

यो योजना चितवन कोइसमूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशी नागरिक, स्थानीय बासिन्दा र बालबालिकाको टिकटमा भने लागु नहुने कम्पनीले जनाएको छ। मनकामना दर्शनार्थीलाई लक्षित गरी चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म सञ्चालित यस केबुलकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नसमेत योगदान पुर्‍याउँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया