यात्रु थोरै भएपछि मलेसिया-काठमाडौंको उडान रद्द

समाधान संवाददाता २०७६ कार्तिक १३ गते १४:०६

समाधान संवाददाता, काठमाडाैं

बुधबारका लागि निर्धारित मलेसियाको क्वालालम्पुर-काठमाडौं उडान नेपाल एयरलाइन्सले रद्द गरेको छ ।

मलेसियाको स्थानीय समयअनुसार बिहान ६:१५ बजे उडान तोकिएको थियो । तर यात्रु थोरै भएको भन्दै रद्द भएको अधिकारीहरूले जानकारी दिएको यात्रुहरुले बताएका छन् ।

Advertisement

एयरलाइन्सले १५६ सिटको एयरबस ए३२० जहाजबाट यो रुटमा उडान गरिरहेको छ । आजको उक्त उडानका लागि २९ जना यात्रुको बोर्डिङ पास भएको थियो ।

थोरै यात्रु भएको भन्दै उडान रद्द गरेको एयरलाइन्सले २९ जना यात्रुलाई त्यहाँको होटलमा राखेको छ । यसका लागि एयरलाइन्सले २९ कोठा बुक गरेको छ ।

Advertisement

काउन्टरका अधिकारीहरूले भोलि बिहान उडान हुने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया