कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू

समाधान संवाददाता २०७६ कार्तिक १४ गते १२:१७

समाधान संवाददाता, काठमाडाैं

कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समूहबीच झडप भएपछि अनिश्चितकालका लागि कर्फ्यू लागेको छ ।

मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु र मुसलमानबीच झडप भएपछि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले तनाव नियन्त्रण गर्न कर्फ्यू जारी गरेको हो ।

Advertisement

बिहीबार ११ बजेदेखि कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७०० मिटर, पश्चिमतर्फ ३०० मिटर क्षेत्रभित्र कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

त्यस स्थानमा बढ्दो तनावलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको श्रेष्ठले बताए ।

Advertisement

‘अहिले तनाव बढिरहेको छ, गत वर्ष पनि यस्तै झडप भएको थियो’, उनले भने,’नियन्त्रणमा आएपछि कर्फ्यू फुकाउँछौं ।’

कर्फ्यूको अवज्ञा गरेमा कानुनबमोजिम कारबाही समेत हुने कार्यालयले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया