बागलुङमा ४.५ रेक्टरकाे भुकम्प

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १२:५५

समाधान संवाददाता, कमठमाडाैं

बागलुङकाे बंगादाेभान केन्द्रविन्दु भएर शुक्रबार बिहान ३ः५१ बजे ४.५ रेक्टर स्केलकाे भूकम्प गएको छ ।

याे गाेरखा भुकम्पकाे पराकम्प नभई नयाँ भुकम्पकाे धक्का भएकाे राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

Advertisement

उक्त भुकम्पकाे धक्का छिमेकी जिल्ला म्याग्दी, गुल्मी, प्यूठान, रुकुम र रोल्पामा समेत महसुस गरिएको छ ।

भूकम्पबाट क्षति भएको विवरण हालसम्म प्राप्त नभएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया