भैलोबाट ७ लाख ६९ हजार संकलन

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १४:०६

समाधान संवाददाता, पोखरा

सहारा क्लब पोखराले आयोजना गरेको देउसी भैलोबाट ७ लाख ६९ हजार ४ सय रुपैयाँ संकलन गरेको छ ।

क्लबले सहारा एकेडेमी सञ्चालानार्थ सहारा क्लबले हरेक वर्ष तिहारमा देउसी भैलो कार्यक्रम गर्दै आइरहेको छ । सोहीअन्तर्गत यस वर्षसमेत देउसी भैलोलाई निरन्तरता दिएको क्लब अध्यक्ष केशवबहादुर थापाले बताए ।

Advertisement

एकेडेमीमा २५ जना बालक राखेर क्लबले फुटबल सिकाउनुका साथै पालनपोषणसहित शिक्षादीक्षा प्रदान गरिरहेको छ । क्लबले आयोजना गर्ने आहारारा फुटबल प्रतियोगिता र देउसी भैलो एकेडेमीलाई रकम संकलन गर्नेे कार्यक्रम रहेको क्लबका महासचिव रामजी अधिकारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया