छठको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा
समाधान संवाददाता
२०७६ कार्तिक १५ गते १५:५८

समाधान संवाददाता, काठमाडाैं
प्रदेश नम्बर २ ले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।
यस वर्ष छठ कात्तिक १६ (शनिबार) र १७ गते (आइतबार) परेको छ । प्रदेश सरकारले आफ्नो क्यालेन्डरमा दुवै दिन बिदा दिने उल्लेख गरेको छ ।
संघीय सरकारले पहिलो दिन मात्रै बिदा दिए पनि मधेसी समुदायमा छठलाई विशेष पर्वका रुपमा मनाइने भएकाले प्रदेश सरकारले दुई दिन बिदा दिएको हो ।
छठमा साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजन कीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।
यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।
सम्बन्धित








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया