प्रहरी हिरासतमा रहेका १ थुनुवाकाे मृत्यु

समाधान संवाददाता २०७६ कार्तिक १७ गते १२:४१

सुरेशराज अधिकारी
पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका १ थुनुवाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा थुनुवा रहेका रविन थापा बिसुङ्खेको शुक्रबार राति लगभग १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

सिन्धुली कमलामाई नगरपालिका ५ घर भएका २८ वर्षीय थापा ६१ दिन अघिबाट कास्की प्रहरीको थुनामा थिए । २५ सेट लागुऔषधसहित थापा पक्राउ गरेको कार्की जानकारी दिए ।

Advertisement

थापाको हृदयघातको कारण ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर थापाको के कारण मृत्यु भएको हो भन्ने अहिलेसम्म खुलेको छैन । उनको रोगको कारण नखेलेको कारण उस्को मृत्यु नै केही शंकास्पद रहेको प्रहरी स्रोतको दाबी छ ।

पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा थापाको मृत्यु भएको हो । अहिले स्वाथ्य विज्ञान प्रतिष्ठानमा शव राखिएको छ । थापाको आफन्त सम्पर्कमा आएपछि मात्र उनको शव बुझाउने, पोस्मार्टम गर्ने लगायतको काम हुनेछ । थापा कहिलेकाहिँ सामान्य बिरामी हुने गरेको प्रहरी स्रोतको दावी छ । कुनै आरोपमा पक्राउ परेका व्यक्तिलाई हिरासतमा राख्नु अघि उसको शरीर पूरै परीक्षण गरिन्छ । यतिसम्म कि आरोपितले लगाएको गहना र पेटीसमेत खोल्न लगाइन्छ ।

Advertisement

हिरासतभित्र कुनै घटना नहोस् भनेर प्रहरीले यस्तो सजगता अपनाएको हुन्छ । तर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका १ आरोपितको शुक्रबार राति मृत्यु शंकास्पद भएको छ ।

९ महिनाअघि कास्की प्रहरीको हिरासतभित्र नै विष सेवन गरेर एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको थियो । लागु औषध कारोबारआरोपमा पक्राउ परेका भारत मोतिहारीका ३० वर्षे सन्दीप साहले गत फागुन १६ गते बिहान ४ बजे पोखरा पश्चिमाश्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । साहले प्रहरीकै सहयोगमा विष हिरासतभित्र पु¥याएका कारण १ प्रहरी जवान कारबाहीमा परे । पोखरा ८ मा बस्दै आएका साहलाई पुस २ गते आगुऔषध नियन्त्रण ब्युरो पोखराले पक्राउ परेको थियो ।

तपाईको प्रतिक्रिया