दमौली अस्पताललाई भिडियो एक्सरे मेसिन सहयोग

समाधान संवाददाता २०७६ कार्तिक १७ गते १३:०५

कृष्ण न्यौपाने
दमौली

दमौली अस्पताललार्ई ताइवानी रोटरियनले भिडियो एक्सरे मेसिन सहयोग गरेका छन् । दमौली अस्पतालले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय बनाउन सहयोग पुर्‍याउन रोटरी क्लब अफ ताइपेई र रोटरी क्लब अफ पातेसुतेको सहयोगमा रोटरी क्लब अफ दमौलीले करिब ८ लाख मूल्य पर्ने भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो ।

मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई हस्तान्तरण गर्दै संविधानसभा सदस्य एवं क्लबका पूर्व अध्यक्ष रामचन्द्र पोख्रेलले उपकरणको सदुपयोग गर्नुपर्नेमा जोड दिए । बिरामीलाई छिटो छरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै पोख्रेलले रोटरी क्लबले मानवीय सेवामा महत्वपूर्ण काम गरेको बताए ।

Advertisement

अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा सेवा लिन आउने बिरामीलाई मेसिनले सहज हुने बताउँदै सदुपयोग गर्ने प्रतिबद्धता जनाए । अधिकारीले अस्पताललाई ५० शड्ढयाको बनाउन प्रयत्न भइरहेकाले यस अभियानमा सबैको सहयोगका लागि आग्रह गरे ।

मेसिनबाट ट्युमर, मिर्गौलाको पत्थरी र फोक्सोमा पानी जमेको पत्ता लगाउन सकिने अस्पतालका डा. रामहरि दाहालले जानकारी दिए । फ्याक्चर भएका बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता रहेकोमा अब भने त्यसप्रकारका बिरामीले दमौली अस्पतालमै सेवा पाउने डा. दाहालको भनाइ छ । रोटरी क्लब अफ दमौलीका अध्यक्ष सुरजकुमार मल्लले अस्पताललाई आगामी दिनमा पनि सहयोग गर्ने बताउँदै मेसिनको सदुपयोग हुनुपर्नेमा जोड दिए ।

Advertisement

१५ शड्ढया क्षमताको अस्पतालबाट हाल ४२ शड्ढयामा सेवा प्रवाह भइरहेको छ । सरकारीतर्फ २४ जनाको स्वास्थ्यकर्मीे दरबन्दी भए पनि १८ जनामात्रै कार्यरत रहेको र अस्पताल विकास समितिमार्फत् ३३ जना कार्यरत छन् । अस्पतालमा हाल सरकारी दरबन्दीमा १ मेसु, २ मेडिकल अधिकृत, ५ स्टाफ नर्स÷अनमी, ३ एचए, १ रेडियोग्राफर, २ ल्याब टेक्निसियन÷असिस्टेन्ट, २ प्रशासनतर्फ कर्मचारी र २ कार्यालय सहायक छन् । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलोसिस सेवासमेत प्रदान गर्दै आएको छ ।

विसं २०३४ सालमा स्वास्थ्यचौकी, २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै २०५९ सालमा अस्पतालमा स्तरोन्नति भएको थियो । विसं २०७२ सालमा अस्पतालको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष डायलोसिस सेवा र २०७३ सालमा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा २०७४ सालमा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो ।

अस्पतालले गत आर्थिक वर्षमा करिब ४० हजारलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । अस्पतालबाट दैनिक ३ सय बिरामीले सेवा लिइरहेका छन् ।

तपाईको प्रतिक्रिया