सुनकाेशीमा बस खस्याे, ४काे मृत्यु

समाधान संवाददाता २०७६ कार्तिक १७ गते १४:३१

समाधान संवाददाता, काठमाडाैं

दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो ।

Advertisement

दुर्घटनामा ३ महिलासहित ४ जनाको मृत्यु भएको उद्धारमा खटिएका सशस्त्र प्रहरीका एसपी राजु पाण्डेले जानकारी दिए ।

बसमा ४० यात्रु सवार थिए । घाइतेमध्ये ६ जनाको उद्दार गरी अस्पताल पठाइएको काफ्लेले जानकारी दिए । बसका चालक धनबहादुर तामाङ नदीबाट आफैं माथि आएका थिए। लगत्तै उनी बेहोस भएपछि अस्पताल पठाइएको छ । 

Advertisement

उद्धार कार्य जारी रहेको प्रहरीले  जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।  

तपाईको प्रतिक्रिया