पर्यटकको रोजाइमा खोप्रालेक

समाधान संवाददाता २०७६ कार्तिक १८ गते १३:३३

राकेश शर्मा
म्याग्दी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा पर्ने खोप्रा लेक विदेशीको रोजाइमा परेको छ । खोप्राबाट देखिने तलतिरका वन, टाढा टाढाको मनमोहक पहाडी भूगोल एवं ग्रामीण बस्तीसँगै बिहान देखिने सूर्योदयले पर्यटकलाई लोभ्याउने गरेको छ ।

गत वर्ष आन्तरिक पर्यटकभन्दा बाह्य पर्यटक यहाँ धेरै आएको खोप्रामा रहेको सामुदायिक लजका प्रबन्धक नारायण पुन नवीनले बताए । जुलाईदेखि अहिलेसम्म ३ सय ५० आन्तरिक पर्यटक आएका खोप्रा पुगेका छन् । आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटक दोब्बर छन् ।

Advertisement

यहाँबाट मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरी, धौलागिरी, गुर्जा लगायतका दर्जनौं हिमश्रृंखला नजिकबाट अवलोकन गर्न मिल्छ । खोप्रा लेकबाट म्याग्दीसहित पर्वत, कास्कीका पहाडका बस्तीसमेत देखिन्छ । ‘असोजदेखि आन्तरिक पर्यटनको आगमन बढे पनि बाह्य पर्यटक आइरहेकाले आन्तरिकभन्दा बाह्य पर्यटकको संख्या बढी छ,’ उनले भने ।

खोप्रामा रहेको सामुदायिक लज भरिभराउ भएपछि पर्यटक टेन्टमा समेत बस्ने गरेका छन् । ‘हामीकहाँ धरै क्षमताको लज नभएकाले पर्यटक कहिलेकाँही डानखर्क बसेर तातोपानी, र कोही पाउद्वर जाने गरेका छन्,’ उनले भने । जिल्ला सदरमुकाम बेनीदेखि ३ घण्टाको यात्रा र ५ घण्टाको पैदल यात्रामा खोप्रा लेक पुगिन्छ ।

Advertisement

पैदलमार्ग हुँदै खोप्रा लेक पुग्न कठिन भए पनि यहाँ आइपुगेपछि दुख भुलिने पर्यटकहरु बताउँछन् । माइनस १५ डिग्रीसम्म चिसो हुने खोप्रामा इन्टरनेटसमेत छ । महावीर पुनको वायरलेस् इन्टरनेट यहाँ छ ।

तपाईको प्रतिक्रिया