भारतमा गाँजासहित १२ नेपाली पक्राउ

समाधान संवाददाता २०७६ कार्तिक १८ गते १५:०८

एजेन्सी

भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लु जिल्लामा गाँजासहित १२ नेपाली पक्राउ परेका छन्।

शनिबार प्रहरीले ३१ जनालाई पक्राउ गरेको हो, जसमा १९ स्थानीय र १२ नेपाली रहेका भारतीय सञ्चार माध्यमले जनाएको छ।

Advertisement

१२ जना नेपालीमध्ये ५ जना महिला समेत रहेका छन्। उनीहरूलाई कुल्लु जिल्लाको पिनी र जानाबाट पक्राउ गरेको स्थानीय प्रहरी गौरव सिहंले भारतीय सञ्चार माध्ययम एएनआइले जनाएको छ।

प्रहरीले ६ घण्टा हिँडेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

Advertisement

उनीहरूको साथबाट २ केजी ९१३ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया