नवनियुक्त सातै प्रदेश प्रमुखले लिए राष्ट्रपतिबाट सपथ

समाधान संवाददाता २०७६ कार्तिक १९ गते १२:४४

सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंगलबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखलाई सपथ खुवाएकी हुन् ।

सरकारको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले प्रदेश नम्बर १ मा कास्कीका सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा बाँकेका तिलक परियार, प्रदेश नम्बर ३ मा झापाका विष्णुप्रसाद प्रसाईं, गण्डकीमा चितवनमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा सिराहाका धर्मनाथ यादव, कर्णालीमा बैतडीका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा चितवनकी शर्मिला कुमारी पन्तलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

Advertisement

यसअघि आइतबार तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुखलाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया