मुस्ताङको जोमसोम करोडौंको बसपार्क अलपत्र

समाधान संवाददाता २०७६ कार्तिक १९ गते १३:२४

घरपझोङ गाउपालिका –४ स्थित जोमसोम बसपार्क बिगत १ वर्ष देखि अपलत्र छ । तस्विरः एसके थकाली ।

एसके थकाली, जोमसोम

मुस्ताङको घरपझोङ गाउपालिका –४ स्थित निर्माणधिन करोडौं लागत जोमसोम बसपार्क बिगत १ वर्ष देखि अलपत्र छ । बसपार्कको काम ६० प्रतिशत सकिदा पुरै काम स्थगित भएको हो ।

Advertisement

जोमसोम बसपार्क निमार्णकार्य २०७३ साल देखि सुरु भएको हो । २ वर्ष ६ महिना सम्झौता अवधि रहेको बसपार्क निर्माणको जिम्मा रोशन÷अमित जेभीले लिएको हो । निर्माण कम्पनीका प्रतिनिधि स्थानीय राजेन्द्र शेरचनले बसपार्क बनाउने जिम्मा लिएका थिए । कुल २ करोड ५१ लाख लागत रहेको बसपार्क तथा मार्फाको ढल निर्माणको कामलाई शेरचनले अघि बढाएका थिए ।तर मार्फाको ढल निर्माणको काम उ समयमै संम्पन्न भएपनि बसपार्कको काम स्थगित भएको छ । साविक डिभिजन कार्यालयले गरेको बसपार्कको डिपिआर २ सय मिटर लम्बाई र १ सय मिटर चौडाई थियो । लागत स्टमेट अनुसार बजेट अपुग हुने भएको र रक कटिङ समेत गर्नुपर्ने भएकाले बसपार्कको लम्बाई र चौडाईमा २५ प्रतिशत घटाईएको थियो । बसपार्क तथा ढलका लागि उ समय १ करोड निकासा भईसकेको छ भने त्यसपछि कुनै बजेट प्राप्त भएको छैन । निर्माण कम्पनीले निकासा भएको बजेटका अलावा करिव ५० लाख भन्दा बढीको काम संम्पन्न गरेकाले बजेट बक्यौता रहेको संघीय आयोजना कार्यान्वयन ईकाई कास्कीका ईन्जिनीयर शुशिल आचार्यले जानकारी दिए ।

उनका अनुसार बसपार्कको ७० प्रतिशत काम संम्पन्न भई ३० प्रतिशत काम बाँकी छ । बसपार्कको जमिन खार्ने र सम्याउने कार्य भईसकेको छ भने बसपार्क रनवे कालोपत्रे कार्य ,सपोर्ट वाल लगाउने , चारैतिर ड्रेन निर्माण गर्ने र सवारी पार्किङका लागि बेस –सबबेसको काम थाती रहेको ईन्जिनीय आचार्यको भनाई छ । उनका अनुसार बसपार्क योजना बहुबर्षिय नभई पटके योजना भएकाले बजेट निकासा हुन अप्ठ्यारो परेको जनाए । उनले ठेकेदारको भुक्तानी समेत जोडेर बसपार्क संम्पन्न गर्न डेढ करोड आवश्यकता पर्ने स्पष्ट पारे ।यता , निर्माण कम्पनीले बजेट सुनिश्चतता नभए सम्म काम अघि नबढाउने जनाएका छन् । ईन्जिनीयर आचार्य भन्छन्,‘ सरकार संग गरिएको संम्झौता भएकाले बजेट बिना योजना संम्पन्न गरेमा पत्रचार मार्फत बिभागलाई अनुरोध गर्न सकिन्छ । बजेट उपलब्ध गर्ने बाटो खुल्लै छ ।’

Advertisement

पछिल्लो समय मुस्ताङमा दिनहु सयौ सवारी साधन भित्रिदा जोमसोम क्षेत्रमा सवारी पार्किङ समस्या परेको छ । बसपार्क निर्माण गर्ने स्थानमा एक ग्यारेज संञ्चालनमा थियो । तर ,बसपार्कको काम अघि बढ्दै गर्दा ग्यारेजको कटेज समयमा नहटेकाले काममा ढिलाई भएको साविक डिभिजन कार्यालय बाग्लुङका ईन्जिनीयर तेजेन्द्र पौडेलले बताएका छन् । बसपार्क निर्माणको प्रगति नहुदा डिभिजन कार्यालले बजेट उपलब्ध गराउन नसकेको र पछि कार्यालय खारेज भएको पौडेलको भनाई थियो ।

संघीयता कार्यान्वयन पुर्व सरकारले गरेको राज्य पुनःसंचना फेरबदल अघि शहरी बिकास तथा भवन निर्माण बिभागले जोमसोम बसपार्क निर्माणको जिम्मा साविक डिभिजन कार्यालय बाग्लुङलाई दिएको थियो । बिभागले घरपझोङ–२ मार्फामा बस्तीभित्र ढल निर्माण तथा जोमसोममा बसपार्कको योजना अघि बढाएको हो । हाल बसपार्कको संम्झौता अवधि समेत सकिएला काम अलपत्र परेको कास्की कार्यालयका ईन्जिनीयर शुशिल आचार्यले जानकारी दिए । उनका अनुसार हाल बसपार्कको म्याद थपका लागि संघीय कार्यान्वयन ईकाई कास्की मार्फत शहरी बिकास तथा भवन निर्माण बिभागमा पत्रचार तथा फाईल पठाईएको बताए ।

संघीयतापछि सरकारले डिभिजन कार्यालयहरु खारेज गरेको अवस्था छ । कार्यालयद्धारा निर्माण भईरहेका कतिपय आयोजना अपलत्र छ । जसअन्तर्गत जोमसोम बसपार्क निर्माणको अख्तियारी कसले लिने भन्नेमै समय लम्बिएको थियो । अन्योलताकै बीचमा सहरी बिकास बिभागले बसपार्कको जिम्मा संघीय आयोजना कार्यान्वयन ईकाई कास्कीलाई दियो । तर बसपार्कको म्याद सकिएकाले कास्की कार्यालयले आर्थिक बजेट बिनियोजन गर्न नसकेको ईन्जिनीय आचार्यले उल्लेख गरे । कार्यालयले चालु आर्थिक बर्षका ५ लाख उपलब्ध गराउने जनाएपनि उक्त रकम अत्यन्तै न्युन भएको उनले स्पष्ट पारे । बिभागमा फाईल पुगेपनि सरकारले जारी गरेको सार्वजनिक खरिद ऐन नियामावलीका कारण बसपार्कको म्याद थप प्रक्रिया रोकिएकाले काम अघि बढ्न नसकेको ईन्जिनीय आचार्यले बताए ।

तपाईको प्रतिक्रिया