विवेकशील नेपालीबाट कास्की-२ मा जमुना शर्मा उठ्ने
समाधान संवाददाता
२०७६ कार्तिक १९ गते १६:१२

समाधान संवाददाता, काठमाडाैं
विवेकशील नेपालीले कास्की-२ र बाग्लुङ २(ख) मा उम्मेदवार उठाउने भएको छ ।
पार्टीले कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि जमुना शर्मा र वाग्लुङ २(ख) प्रदेश सभाका लागि सन्तोष भण्डारीलाई उम्मेदवार बनाउने भएको हो ।
गण्डकी प्रदेशको पोखरामा विवेकशील नेपाली दलको कात्तिक १८ र १९ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
कास्की बैदाम घर भएकी जमुना शर्मा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका खेल्दै आएकी छन् । मनोसामाजिक परामर्शमा समेत उत्तिकै दख्खल शर्मा कानुन, समाजशास्त्र, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा पोख्त छिन् ।
यस्तै, सन्तोष भण्डारी बुर्तिवाङका स्थानीय युवा उद्यमी तथा व्यवसायी हुन् ।
पछिल्लो समय उनले विवेकशील नेपाली दलमा बाग्लुङ संयोजक हुँदै गण्डकी प्रदेश समितिमा सशक्त भूमिका खेल्दै आएका छन् ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया