विवेकशील नेपालीबाट कास्की-२ मा जमुना शर्मा उठ्ने

समाधान संवाददाता २०७६ कार्तिक १९ गते १६:१२

समाधान संवाददाता, काठमाडाैं

विवेकशील नेपालीले कास्की-२ र बाग्लुङ २(ख) मा उम्मेदवार उठाउने भएको छ ।

पार्टीले कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि जमुना शर्मा र  वाग्लुङ २(ख) प्रदेश सभाका लागि सन्तोष भण्डारीलाई उम्मेदवार बनाउने भएको हो ।

Advertisement

गण्डकी प्रदेशको पोखरामा विवेकशील नेपाली दलको कात्तिक १८ र १९ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

कास्की बैदाम घर भएकी जमुना शर्मा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका खेल्दै आएकी छन् । मनोसामाजिक परामर्शमा समेत उत्तिकै दख्खल शर्मा कानुन, समाजशास्त्र, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा पोख्त छिन् । 

Advertisement

यस्तै, सन्तोष भण्डारी बुर्तिवाङका स्थानीय युवा उद्यमी तथा व्यवसायी हुन् ।

पछिल्लो समय उनले विवेकशील नेपाली दलमा बाग्लुङ संयोजक हुँदै गण्डकी प्रदेश समितिमा सशक्त भूमिका खेल्दै आएका छन् ।

तपाईको प्रतिक्रिया